Skip to main content

Purbi Garjan

भत्किँदै ऐतिहासिक सहिद गेट, जनयुद्धको मर्म विरुद्ध षड्यन्त्र भए प्रतिकार गरिन्छ: सुमनसिंह

झापा । अध्यारो कुनामा बसेर जनयुद्धको मर्म र मूल्य विरुद्ध षड्यन्त्र नगर्न भन्दै विप्लव नेकपाका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज सुमनसिंह सीले एसियन हाइवे निर्माण कर्ताहरुलाई चेतावनी दिएका छन् ।

झापाको काकरभिट्टादेखि लौकहीसम्मको खण्ड निर्माण कार्य आरम्भ भएसंगै झापा केर्खास्थित सहिद गेट भत्काउन आयोजनाले कोसिस गरेपछि हिजो झापाको दमकस्थित आयोजना कार्यलयमा नेपाल कम्युनिस्ट पार्टी र माओवादी केन्द्रका नेता कार्यकर्ताहरु पुगेर विरोध कार्यक्रम गरेका थिए ।

कार्यक्रम ध्यानाकर्षण पत्र बुझाउने रहेतापनि आयोजना हाकिम भने अनुपस्थित रहेका थिए । बाहिर आगनमा आएर कोणसभा गरेका नेता कार्यकर्ताहरुको बिचमा नेकपा नेता सुमन सिंह सीले आफूहरु विकास विरोधी नभएको – तर विकास हुँदै गर्दा यसकै बहानामा जनयुद्ध र यसको मर्म विरुद्ध हमला गर्ने षड्यन्त्र कुनैपनि हालतमा स्विकार्य नहुने उनले बताए । उनले माओवादी घटक, स्थानिय जनता र सरोकारवाला सबैको छलफलपछि मात्रै अगाडि बढ्नु पर्ने बताए ।

झापामा प्रतिगामी र जनयुद्ध विरोधीहरुको चलखेल बढेको स्मरण गराउदै, ठेकेदार कम्पनी पनि उनीहरुकै भएको अवस्थामा सहिद गेट लडाउने काम हलुका तरिकाले गर्न सोचिए कडा प्रतिवाद हुने नेता सुमनसिंह सीले बताए ।

कोणसभामा जनमुक्ति सेनाका कमान्डर नारद तामाङले जनमुक्ति सेनाले निर्माण गरेको सहिद गेट भत्काउने प्रयत्न भए कडा प्रतिकार गर्न आंफुहरु तयार रहेको बताए । त्यस्तै कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङले समेत बोलेका थिए । तामाङले यो भत्काउने कार्यभित्र षड्यन्त्रको गन्ध आएको बताए । उनले कर्मचारी र ठेकेदारकै मात्र विषयको आधारमा जनयुद्धको मूल्य बोकेर खडा भएको सहिद गेट भत्काइए माओवादीहरु चुप लागेर नबस्ने कडा चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali