Skip to main content

Purbi Garjan

भत्किँदै ऐतिहासिक सहिद गेट, जनयुद्धको मर्म विरुद्ध षड्यन्त्र भए प्रतिकार गरिन्छ: सुमनसिंह

झापा । अध्यारो कुनामा बसेर जनयुद्धको मर्म र मूल्य विरुद्ध षड्यन्त्र नगर्न भन्दै विप्लव नेकपाका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज सुमनसिंह सीले एसियन हाइवे निर्माण कर्ताहरुलाई चेतावनी दिएका छन् ।

झापाको काकरभिट्टादेखि लौकहीसम्मको खण्ड निर्माण कार्य आरम्भ भएसंगै झापा केर्खास्थित सहिद गेट भत्काउन आयोजनाले कोसिस गरेपछि हिजो झापाको दमकस्थित आयोजना कार्यलयमा नेपाल कम्युनिस्ट पार्टी र माओवादी केन्द्रका नेता कार्यकर्ताहरु पुगेर विरोध कार्यक्रम गरेका थिए ।

कार्यक्रम ध्यानाकर्षण पत्र बुझाउने रहेतापनि आयोजना हाकिम भने अनुपस्थित रहेका थिए । बाहिर आगनमा आएर कोणसभा गरेका नेता कार्यकर्ताहरुको बिचमा नेकपा नेता सुमन सिंह सीले आफूहरु विकास विरोधी नभएको – तर विकास हुँदै गर्दा यसकै बहानामा जनयुद्ध र यसको मर्म विरुद्ध हमला गर्ने षड्यन्त्र कुनैपनि हालतमा स्विकार्य नहुने उनले बताए । उनले माओवादी घटक, स्थानिय जनता र सरोकारवाला सबैको छलफलपछि मात्रै अगाडि बढ्नु पर्ने बताए ।

झापामा प्रतिगामी र जनयुद्ध विरोधीहरुको चलखेल बढेको स्मरण गराउदै, ठेकेदार कम्पनी पनि उनीहरुकै भएको अवस्थामा सहिद गेट लडाउने काम हलुका तरिकाले गर्न सोचिए कडा प्रतिवाद हुने नेता सुमनसिंह सीले बताए ।

कोणसभामा जनमुक्ति सेनाका कमान्डर नारद तामाङले जनमुक्ति सेनाले निर्माण गरेको सहिद गेट भत्काउने प्रयत्न भए कडा प्रतिकार गर्न आंफुहरु तयार रहेको बताए । त्यस्तै कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङले समेत बोलेका थिए । तामाङले यो भत्काउने कार्यभित्र षड्यन्त्रको गन्ध आएको बताए । उनले कर्मचारी र ठेकेदारकै मात्र विषयको आधारमा जनयुद्धको मूल्य बोकेर खडा भएको सहिद गेट भत्काइए माओवादीहरु चुप लागेर नबस्ने कडा चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali