Skip to main content

Purbi Garjan

विश्व सरणार्थी दिवस : अझै घर फर्किने आशमा छन् भुटानी सरणार्थी

प्रविण अधिकारी
झापा । आज विश्व सरणार्थी दिवस । धुमधामका साथ विभित्र कार्यक्रमहरु गरेर विश्वभर मनाइँदैछ। तर  झापाको दमक स्थित बेलडाँगी शिविरमा रहेका भुटानी सरणार्थीहरु भने उक्त दिवसमा खासै उत्साहित देखिँदैन । दमक स्थित  बेलडाँगी शिविरमा रहेका भुटानी शरणार्थीहरु बिहिवार २४ औं विश्व शरणार्थी दिवस मनाउँदै गर्दा उनिहरु अझैसम्म मातृभूमि फर्किने आशमा बसिरहेका छन्।

उनीहरुले शरणार्थी समस्या समाधान गर्न माग गर्दै धेरैपटक नेपाल सरकारलाई मात्रै नभएर संयुक्त राष्ट्रसंघ लगायतका दातृ निकायलाई  समेत आफुहरुलाई मातृभूमि फर्काइदिन हारगुहार गरिरहेका छन्। तर नेपाल सरकार र संयुक्त राष्ट्रसंघले उनिहरुलाई घर फर्काउनुको सट्टा बरु तेस्रो मुलुक पुनर्वास गर्ने योजना अघि सार्यो र सोही मौकामा सक्कली भन्दा बढी नक्कली सरणार्थीहरु तेस्रो मुलुक गए। कागजी प्रक्रियाका कारण सक्कली सरणार्थीहरु भने अहिलेसम्म न तेस्रो मुलुक जान पाए न त घर फर्कन नै पाए । बरु सुखदुःखमा सँगै साथ रहेका परिवार आधा यता आधा उता भए ।

भुटानी शरणार्थीहरुको तेस्रो मुलुक पुनर्वासले परिवारमा ठूलो विचलन ल्याएको छ। हालसम्म अमेरिका, क्यानाडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, डेनमार्कमा लयागत देशमा एक लाख १३ हजार ५०० भन्दा बढी तेस्रो मुलुक पुनर्वास भइसकेका छन्।आधा परिवार तेस्रो मुलुक र आधा नेपालमा हुँदा शरणार्थीमा पारिवारिक विचलन आएको हो ।

आधा परिवार क्यानडा र अमेरिकामा भएको र आफू पनि जान चाहँदा पनि नसक्दा धेरै समस्या भएको बेल्डाँगी शिविरमा बस्दै आएका भूटानी शरणार्थी सन्तबिर तामाङले बताए । उनले भने,- “मेरो दिदि क्यानडा र छोरा अमेरिका छ । यहाँ श्रीमती र म छौं हामीले पनि धेरै जाने कोशिश गर्यौँ तर हाल सम्म जान सकेका छैनौँ । अब त सबै प्रक्रिया बन्द भयो रे । हामीलाई पिडा माथि पिडा थपिदिएर अहिले झन् सिसा टुक्रा पारेझैँ टुक्राइदिए।”

 

आफ्नो देश फर्कन पाउने आशमा बसेका पीडित सरणार्थीहरु अहिले अझै पीडित बनेका छन्। बुढेसकालमा छोराछोरीको सहारा लिनुपर्ने अवस्थामा छोराछोरी कोही अमेरिका कोहि क्यानडा पुगिसके तर उनिहरु अहिले सरणार्थी शिविरमा अलपत्र परेका छन्। केहीको प्रक्रिया चलिरहेको थियोे तर जब नेपाल सरकारका मन्त्री समेतको संलग्नतामा नक्कली भुटानी सरणार्थी खडा गरेर विदेश पठाएको घटना सार्वजनिक भएपछि उनिहरुको बाँकी प्रक्रिया पनि रोकिन पुग्यो र उनिहरु थप पिडामा परेका छन्।

हाल विभित्र संघसंस्थाले दिनेगरेको खाद्यान्न सहयोगमा समेत कटौती गरेको र त्यसमा नेपाल सरकारले समेत बेवास्ता गरेको भुटानी सरणार्थीहरुको गुनासो छ।

अहिले उनिहरुको माग भनेको स्वदेश फिर्ताको छ । कि परिवार पुनर्मिलन गराइदेउ कि नागरिकता देउ भन्ने आवाज उठाइरहेका छन्। स्वदेश फर्कन चाहने शरणार्थीलाई सरकारले प्राथमिकता दिनु पर्ने त्यस पछि मात्र नेपालमानै बस्न चाहने र तेश्रो मुलुक पुर्नवास हुन चहानेको मागलाई समेटेर सम्बन्धित निकायले सरणार्थीहरुको माग सुनुवाइ गर्नुपर्ने उनिहरुको माग छ।

एकातर्फ धुमधाम साथ सरोकारवाला निकायले सरणार्थी दिवस मनाइरहँदा भुटानी शरणार्थीहरुले स्वदेश फिर्तीलाई शरणार्थी सम्बन्धी हेर्ने संघसंस्थाहरुले प्राथमिकता नदिएको गुनासो गरेका छन्। उनीहरुले आफूहरुको स्वदेश फर्कने अधिकारले प्राथमिकता पाउनुपर्ने बताए। शरणार्थी शिविर बेल्डाँगीमा बसोबास गर्दै आएका शरणार्थी कृष्णबिर तामाङ भन्छन् – “हाम्रो प्रमुख माग भनेकै स्वदेश फर्कन पाउनु पर्ने हो, पटक पटक स्वदेश फर्कन पाउँनु पर्ने माग गर्दै आन्दोलन गर्यौँ ज्ञापनपत्र बुझायौँ तर सुनुवाई भएन।” कृष्ण वीर अहिलेसम्म पनि उनको बुबाको भुटानी कार्ड बोकेर हिँड्ने गरेका छन् । उनिसँग भुटानको कागजात समेत छ तर उनी स्वदेश फर्कन सकिरहेका छैनन्।

तेस्रो मुलुक पुनर्बासका नाममा परिवार फुटाएर अलपत्र पारेको अहिले सरणार्थीहरुको गुनासो छ। तेस्रो मुलुक पुनर्वास गर्नाले स्वदेश फर्कन चहानेहरु पनि निरासाले तेस्रो मुलुक पुनर्वास गएका छन्, त्यसैले पहिला स्वदेश फर्कन चाहनेलाई स्वदेश फर्कन दिईनुपर्ने माग पटकपटक उनिहरुले राख्दै आइरहेका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali