Skip to main content

Purbi Garjan

इन्जिनियर र ठेकेदारको लापरबाहीले निर्माणाधीन प्लमवाल भत्कियो, स्थानीय सरकारसँग छैन समन्वय

मेचीनगर ।  झापाको मेचीनगर-१३ स्थित छबिलाल मार्गमा निर्माणाधीन प्लमवाल भत्किएको छ । इन्जिनियर र ठेकेदार कम्पनीले त्यस ठाउँको भौगोलिक माटोको सतहको अवस्था नबुझी अन्धाधुन्ध निर्माण गर्दा काम सम्पन्न नहुँदै प्लमवाल भत्किएको हो ।

मेचीनगर वडा नम्बर १३ र नगरपालिका तथा केही सामाजिक व्यक्तित्वको बिशेष पहलमा संघीय सरकारको १ करोड १६ लाख विनियोजित बजेटबाट धमाधम निर्माण भइरहेको १० फुट अग्लो प्लमवाल करिब ६० मिटर भत्किएको छ भने करिब २० मिटर चर्किएको छ ।

माथी ३०, बेस ६० सेन्टिमिटर र २ मिटर अग्लो वाल जमिनमुनिको बेसमै कमजोर ढलान भएका कारण क्षति भएको मेचीनगर १३ का वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए । “स्थानीय तहसंग समन्वय गरेको भए त्यस ठाउँको भौगोलिक माटोको सतहको अवस्था बारे निर्माण कम्पनी र इन्जिनियरलाई थाहा हुने थियो । तर त्यसो नहुँदा बनिनसक्दै प्लमवाल भत्किन पुग्यो । कम्तीमा जनप्रतिनिधिसंग समन्वय नगरे पनि नगरका स्थानीय प्राविधिक संग समन्वय गरेको भए पनि त्यस्तो हुने थिएन – अध्यक्ष सिग्देलले भने।”

नवनिर्मित प्लमवाल लोकल इन्फास्टक्चर डेभलपमेन्ट प्रोजेक्ट इटहरी मार्फत मेचीनगर-१० को एसयुएन कन्ट्रक्सन कम्पनीले ठेक्का पाएको थियो । त्यस्तै योजना सम्पन्न गर्न प्रोजेक्टका इन्जिनियर परलाद दाहाल र ठेकेदार कम्पनीका नयन बरालले निर्माण गर्ने जिम्मा लिएका थिए ।

सम्झौंतापछि ठेक्का पाएको कम्पनीले ठेकेदार दिलिप राजबंशीलाई योजनाको काम सम्पन्न गर्न पेटी ठेक्का दिएका थिए । दिलिप राजबंशीले पनि अर्का ठेकेदार अतुल चौधरीलाई पेटी ठेक्का दिएका थिए ।

संघीय सरकारबाट ठेक्का पाएका र ठेकेदारबाट पेटी ठेक्का पाएका ठेकेदारले मनोमानी रुपमा निर्माण गर्दा उक्त क्षति भएको स्थानीयको आरोप छ । ह्युम पाइप राख्नुपर्ने ठाउँमा समेत नराखि सडक निर्माण भैरहेको र डुबानको चिन्ता बढेको स्थानीय बासिन्दा बताउँछन् ।

संघीय सरकारको १ करोड १६ लाखको टेन्डर भएपनि ठेकेदार कम्पनीले कम मूल्य ९६ लाख २४ हजार ४ सय ७९ रुपैयाँ ६ पैसामा योजनाको काम सम्पन्न गर्ने भनी ठेक्का सम्झौंता गरेका थिए । ३३ फुट चौँडाई र ६५० मिटर लम्बाई रहेको बाटोको दुबैतर्फ प्लम वालसहित ग्रावेलका लागि ठेक्का परेको हो ।

बाटोको एकातर्फको प्लमवाल निर्माणपछि अर्को पट्टीको वाल निर्माण सुरु गरेको केही दिनपछि निर्मित वालको ७५ मिटर भाग भत्कियो । भत्किएको उक्त प्लमवाल अहिले ठेकेदार कम्पनीले पुनः निर्माण कार्य सुरू गरेको छ ।असार २५ गते योजनाको काम सम्पन्न गर्ने मिति रहेपनि समयमै काम सम्पन्न नहुने चिन्तामा स्थानीय वासिन्दा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali