Skip to main content

Purbi Garjan

विपद् ब्यवस्थापनमा जुट्ने झापाका संघसंस्थाको प्रतिवद्धता

झापा। झापामा रहेका विभिन्न संघसंस्थाले विपद् ब्यवस्थापनका लागि एकजुट हुने प्रतिवद्धता जनाएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको बिपद् ब्यवस्थापनका लागि संघ संस्थाको भूमिका विषयक कार्यक्रममा सहभागी संस्थाका प्रमुख तथा प्रतिनिधिले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अध्यक्ष लोकराज ढकालले विपद् व्यवस्थापनमा सबैको भूमिका सकारात्मक हुनु पर्ने बताएका छन् । विपद्को समयमा राहत र उद्धारमा सरकारी संयन्त्रको मात्रै भर पर्नु नहुने बताउँदै सबैले आ – आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु पर्ने बताए । यो वर्ष पानी अत्यधिक पर्ने पूर्वानुमान गरिएकोले राहत, उद्दार तथा पूर्वतयारीमा एकजुट हुनुपर्ने ढकालको भनाई छ ।

सहारा नेपाल सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक तथा सामाजिक अभियन्ता महेन्द्र कुमार गिरीले विपद्को समयमा सबै मिलेर अघि बढ्नु पर्ने सुझाब दिए । उनले विपद्को पूर्वतयारी लागि राहत कोष स्थापना गर्न सुझाव दिएका छन् । जसका लागि कोभिडको समयमा संकलन भएको रकम मध्ये केही रकम मौजात रहेको र सोही रकमलाई बढाएर पाँच करोड रुपैयाँको विपद् व्यवस्थापनका लागि अक्षयकोष स्थापना गर्न सुझाब दिए ।

सबै झापाली मिलेर एकसय रुपैयाँ ‘क्यूआर’ मार्फत जम्मा गर्ने हो भने पाँच करोड रुपैयाँको विपद् व्यवस्थापन गर्न अक्षयकोष स्थापना गर्न सकिन्छ उनले भने – जुन कोषबाट प्राप्त आम्दानीले आईपने विपद्मा राहत र उद्धारमा सहयोग पुग्छ ।

‘एकका लागि एक अभियान’ मार्फत जम्मा भएको रकम मध्ये ८० लाख रुपैयाँ रहेको र त्यसको ब्याज सहित झण्डै एक करोड रुपैयाँ खातामा मौजाद छ अध्यक्ष गिरीले भने – अब हामीले पाँच करोड रुपैयाँको कोष स्थापना गर्न चार करोड रुपैयाँ मात्र जम्मा गर्नु पर्छ ।

मेची आँखा अस्पतालका अध्यक्ष तथा नेपाली कांग्रेस झापाका कोषाध्याक्ष जलकुमार गुरुङले विपद् बारे अध्ययन र योजना बनाउन नसक्दा बाढी जन्य विपद्का कारण बर्षेनि झापाबासीले सास्ती ब्यहोर्दै आएको र त्यसलाई न्यूनीकरणका लागि योजना बनाएर अघि बढ्नु पर्ने बताए । आपत पर्दा हारगुहार माग्नुअघि पूर्वतयारी र सचेतना जरुरी रहेको गुरुङको भनाई छ ।

नेपाली कांग्रेस झापाले समेत गाउँ स्तरसम्म विपद व्यवस्थापनमा जुट्न संयन्त्र बनाएको र व्यवसायीले समेत यो खाले तदारुकता देखाएको भन्दै धन्यवाद ज्ञापन गरे । उनले विपद् ब्यवस्थापनमा आफू सहयोग गर्न तत्पर रहेको समेत बताए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले विपद् ब्यवस्थापनका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको र विपद् व्यवस्थापनका लागि छुट्टै गुल्म समेत रहेको बताएका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अथिति समेत रहेका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले बिपद् व्यवस्थापनका लागि पूर्ब तयारीको काम भइरहेको र सबै क्षेत्रबाट सहयोगको खाँचो रहेको बताए । उनले झापामा हुन सक्ने विपद् जोखिमको अध्ययनको काम भएरहेको र जनस्तरमा पुगेर राहत र उद्दारका कामलाई प्रभावकारी बनाउन सचेतना अभियान समेत जारी राखेको बताए ।

कार्यक्रममा चेम्वर अफ कमर्सका अध्यक्ष ओमकृष्ण विमली, वीरता लेडी जेसीजकी अध्यक्ष मीनु ओली लगायतले आ आफ्नो धारणा राखेका थिए ।

जिल्लाका तीन दर्जन बढी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो ।
बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष विशाल थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

साहसी युवा जसले उर्लँदो भेलबाट ४ जना पर्यटकको ज्यान बचाए

साहसी युवा जसले उर्लँदो भेलबाट ४ जना पर्यटकको ज्यान बचाए

दार्जिलिङ । कुर्सेङ अन्तर्गत पर्ने दु्धिया निवासी दिल कुमार सुब्बालाई बहादुरी पुरस्कार प्रदान गर्न स्थानीय बासिन्दा तथा सामाजिक सं...
जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

झापा, मेचीनगर । झापाको मेचीनगर नगरपालिका–७ जोरसिमल क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामानस...
इक्यान झापाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, विविध विषयमा छलफल

इक्यान झापाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, विविध विषयमा छलफल

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको आयोजनामा झापाको बिर्तामोडमा एकदिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । ...
भान्सामा खाना पकाउँदै गरेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

भान्सामा खाना पकाउँदै गरेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

दमक, झापा। झापाको कमल गाउँपालिकामा सर्पदंशका कारण एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कमल गाउँपालिका–३ बस्न...
ne_NPNepali