Skip to main content

Purbi Garjan

प्यारागन एकाडेमिले यस वर्षदेखि कक्षा ११ सम्म अध्यापन गराउने

विनोद सापकोटा
सुरुङ्गा । कनकाई नगरपालिका वडा नम्बर ३ को प्यारागन एकाडेमिले यस वर्षदेखि कक्षा ११ मा पनि अध्यापन गराउने भएको छ । पूर्व प्राथमिक तहदेखि कक्षा १० सम्म यस अघि सञ्चालन भएको प्रविधि र पूर्वाधारयुक्त सो विद्यालयले व्यवस्थापन समूहमा कम्प्युटर विज्ञानको साथ अध्ययन अध्यापन गराउने सोमबार पत्रकार सम्मेलन गरेर विद्यालय सञ्चालकले जानकारी दिएको छ।

विद्यालयकी संस्थापक तथा सञ्चालन समितिकी अध्यक्ष चम्पा खनाल सुवेदीले कन्काई नगरपालिकाको निजी विद्यालयतर्फ अब्बल प्यारागन एकाडेमीले कक्षा ११ मा पनि अध्ययन अध्यापन गराउने बताइन्। ’एसईई को रिजल्ट आए लगत्तै विद्यार्थी भर्ना प्रक्रिया सुरु हुनेछ,’ उनले भनिन् ।

विद्यालयले कक्षा ११ सञ्चालनका निमित्त सबै तयारी पूरा गरेको छ। यो कक्षा सञ्चालनका लागि नगरपालिकाले अख्तियारी दिएको अध्यक्ष सुवेदीले बताइन्। ‘हामीले यसअघि नै कक्षा ११ र १२ सञ्चालनको तयारी गरेका थियौँ। तर केही कागजी प्रक्रियाका कारण सञ्चालन अनुमति ढिला हुन गयो,’ उनले भनिन् ’प्यारागन एकाडेमीलाई कक्षा ११ -१२ सञ्चालनको अनुमति दिने निर्णय गरेपछि यसको सबै तयारी सुरु भएको हो।’

विद्यालयका प्रिन्सिपल दीपक भट्टराईले व्यवस्थापन समूह तर्फ सामाजिक अध्ययन र कम्प्युटर विज्ञान मध्ये एक विद्यार्थीले अध्ययन गर्न पाउनेछन् । यस्तै सामाजिक र गणित विषयमध्ये एक विद्यार्थीले अध्ययन गर्न पाउनेछन् । ’यी विषय सहित अनिवार्य विषयहरू अंग्रेजी, नेपाली र अर्थशास्त्र पढाइ विद्यालयमा हुनेछ,’ प्रिन्सिपल भट्टराईले भने ।

एसइइ परीक्षामा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने विद्यार्थीलाई विद्यालयले भारी छुटको पनि व्यवस्था गरेको छ। विद्यालय प्रशासनका अनुसार एसईई परीक्षामा ३.६ भन्दा माथि जिपिए ल्याउने विद्यार्थीलाई ७५% मासिक शुल्कमा छुट दिने व्यवस्था विद्यालयले मिलाएको छ। यस्तै ३.२ देखि ३.६ सम्म ल्याउने विद्यार्थीले मासिक शुल्कमा १० प्रतिशत छुट पाउने जानकारी विद्यालय प्रशासनले दिएको छ ।

कम्प्युटर विज्ञान अध्ययन गर्ने विद्यार्थीले भने मासिक रु.५०० अतिरिक्त शुल्क बुझाउनुपर्ने विद्यालयका भाइस प्रिन्सिपल डिल्ली सिटौलाले बताए । उनका अनुसार सामान्य धारभन्दा कम्प्युटर विज्ञान अध्यापन गराउनका निमित्त महत्वपूर्ण र महंगा उपकरणहरू आवश्यक पर्ने हुँदा त्यसका निमित्त उक्त रकम विद्यालयले लिनुपर्ने बाध्यात्मक परिस्थिति छ ।
यस विद्यालयबाट यस वर्ष  ५८ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए। अधिकांश विद्यार्थीको अध्ययन गर्ने विषय वा समूह प्यारागन एकाडेमीमै उपलब्ध हुन सक्ने पनि विद्यालय प्रशासनले जनाएको छ।

यसका अतिरिक्त कन्काई नगरपालिका, झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका लगायतका क्षेत्रबाट विद्यार्थी भर्ना हुने अनुमान गरेको छ।
यातायात सुविधा, सर्वसुलभ शुल्क, अतिरिक्त कक्षाको व्यवस्था, अतिरिक्त क्रियाकलाप, व्यक्तिगत वृद्धि विकास का निमित्त विभिन्न कार्यक्रम, शैक्षिक भ्रमण, अनलाइन कक्षाको व्यवस्था विद्यालयको विशेषता भएको प्रिन्सिपल ले जानकारी दिए ।

वि.स. २०६४ सालमा स्थापना भएको यो विद्यालयले २०६७ सालदेखि तत्कालीन एसएलसीमा सो विद्यालयका विद्यार्थी सहभागी गराउन थालेको थियो। त्यसयता का हरेक नतिजाले प्यारागन स्तरीय नयाँ कृतिमान कायम राख्र्दै आएको विद्यालयले दाबी गरेको छ ।

प्यारागन एकाडेमी स्थानीय शैक्षिक उद्यमी लक्ष्मण सुवेदीले स्थापना गरेका थिए । उनको अवसानपछि उनकै भाइ ले कार्यकारी प्रमुख भएर सञ्चालन गर्दै आएका थिए। उनको पनि सवारी दुर्घटनामा मृत्यु भएपछि विद्यालयको सञ्चालनको जिम्मेवारी स्वर्गीय लक्ष्मण सुवेदीकी पत्नी चम्पाको काँधमा आएको थियो । अहिले उनी विद्यालय सञ्चालन समितिकी अध्यक्ष छन् भने विद्यालयको प्रशासनिक जिम्मा लामो समय शिक्षा क्षेत्रमा काम गरेर निपुर्ण बनेका दीपक भट्टराईले पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali