Skip to main content

Purbi Garjan

असार मसान्तको नाममा असुली रोक्न बैंक तथा वित्तीय संस्थालाई नेकपा झापाको चेतावनी 

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले असार मसान्तको नाममा बैंक, बित्तिय संस्था र मिटरब्याजी समेतले उद्योगी, ब्यवसायी र श्रमजिवी जनतालाई हदै सम्मको दुख दिन थालेपछी आज चेतावनी सहितको प्रेस बिज्ञप्ति जारी गरेको छ ।
पार्टिका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सी र पार्टी सचिब संजय सी द्वारा जारी विज्ञप्तिमा देश आर्थिक रुपमा गंभिर संकटमा फसेको, राज्य स्वयमले पुंजिगत खर्चको भुक्तानी दिन नसकेको, व्यापार घाटा बढेको , उद्योग ब्यवसाय चौपट भएको र यस्तो बेला बैंकहरुले नागरिकहरु बिरुद्ध बाँच्न पाउने हक समेत खोस्ने गरि गरेको हर्कतको बिरोध गरिएको छ । बिज्ञप्तिमा उद्योगी ब्यवसायीहरु लाई दुख नदिन चेतावनी दिइएको छ ।
बिज्ञप्तिको पुर्ण पाठ यस्तो छ – 
असार मसान्त नामको असुली आंतक बिरुद्ध चेतावनी बिज्ञप्ति
यतिवेला झापामा कृयाशिल उद्योगी , व्यापारी र सर्वसाधरण श्रमिक जनता माथि बैंक, लघुवित्त संस्था र मिटर व्याजी हरुले असार मसान्त अर्थात क्लोजिङको नाममा चलाएको अशुलि आतंक प्रति हाम्रो पार्टीको गंभिर ध्यानाकर्षण भएको छ ।
यो समय उद्योगी  व्यापारीहरुको उद्योग धन्दा कारोवारको अवस्था खंस्कदो र संकटपूर्ण रहेको छ। व्यापार घाटाको अवस्था डरलाग्दो बन्दै गइरहेको छ । राज्यले पुजिगत खर्च तर्फको भुक्तानि समेत समयमा दिन नसक्दा त्यसले बजारलाई झन ठुलो संकटमा फंसाइ रहेको छ । यतिवेला आम सर्वसाधरण, मध्यम स्तरका व्यापारी, उद्योगी, निर्माण व्यवसायी कम्पनीहरु समेत यो आर्थिक तरलताको मारमा पिल्सनु परेको छ ।
यस्तो गंभिर अवस्थामा नेपाल सरकारले आम सर्वसाधरण जनता, मध्यम वर्गिय व्यवसायी, उद्योगी हरुको बांच्न पाउने अधिकारको विषयमा कुनै चासो नदिएको र नितिगत निकास नदिइ दोहोरो चरित्र देखाइ रहेको हुंदा वित्तिय संस्था बैंक तथा मिटरव्याजी हरुले धमिलो पानीमा माछा मार्ने धन्दा संचालन गर्ने स्थिती बनेको छ ।
बैंक तथा वित्तय संस्थाहरु व्यवसायी तथा उधोगी हरुको नाममा सार्वजानिक सुचना प्रकाशन गर्ने, लोन रिकभरि नामक गुण्डाहरुको टिम बनाएर फोन मार्फत र घर घर गएर धम्काउने, थर्काउने, गाली वैज्जत गर्ने, आक्रमण गर्ने जस्ता विभिन्न दवाव हरु पैदा गर्ने कार्य गरिरहेका छन्। यो आतंकपूर्ण कार्य अझ धेरै यतिवेला असार मसान्तको वहानामा भैरहेको छ ।
देशको आर्थिक क्षेत्रमा उत्पन्न भएको यस्तो संकटपूर्ण अवस्थामा उधोगि व्यवसायी हरुको बांच्न पाउने हक समेत खोस्ने गरि उद्योगी  व्यवसायी हरुको सामाजीक अस्तित्वमा आंच पुर्याउने र मर्न वा पलायन हुन बाध्य पार्ने कार्यहरु बढिरहेका छन् । 
हामि उद्योगी व्यवसायी हरुको सुरक्षा र हितमा गंभिरता पुर्वक सोच्न राज्य समक्ष जोडदार माग गर्दछौं । साथै असार मसान्तको नाममा अशुली आंतक संचालन गरेर होइन कि बरु के गर्यो भने उधोगि व्यवसायी लाइ सहज हुन्छ र ऋण उठ्न सक्छ भन्ने कुरामा बैंक तथा वित्तिय संस्थाले संयमित भएर गंभिरता पुर्वक लाग्न अनुरोध गर्दछौ । उधोगि व्यवसायी तथा जनताको बांच्न पाउने हक समेत खोस्ने गरी भएका र गरिएका सबै खाले हर्कतहरु तुरुन्त रोक्न बैंक वित्तिय संस्था र मिटर व्याजी हरुलाइ कडा चेतावनि दिन चाहान्छौं।
 उद्योगी  व्यवसायी हरु तथा सर्वसाधरण जनता
लाइ संयमित बन्न र उच्च मनोवल सहित यो संकट विरुद्ध संघर्ष गर्न अनुरोध गर्दछौं ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali