Skip to main content

Purbi Garjan

मेचीनगरको बजेट: नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

मेचीनगर । मेचीनगर नगरपालिकाको आगामी नयाँ आर्थिक बर्ष २०८१/८२ को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।

सोमबार नगर कार्यपालिकाको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको उद्घाटन शत्रमा आर्थिक बर्ष २०८१/८२ को प्रस्तावित बजेट, नीति तथा कार्यक्रम सभा मार्फत प्रस्तुत गरिएको थियो । उक्त बजेट, नीति तथा कार्यक्रम बुधबार मेचीनगरका सर्वसम्मति जनप्रतिनिधिले पारित गरेका छन् ।

मेयर गोपालचन्द्र बुढाथोकीको सभाध्यक्षमा पहिलो चरणको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको नीति तथा कार्यक्रमबाट प्रस्तावित बजेट उपमेयर मीना पोखरेल उप्रेतीले प्रस्तुत गरेकी थिइन् । उपमेयर उप्रेतीले दुई अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँको प्रस्तावित बजेट प्रस्तुत गरेकी थिइन् । उक्त बजेट, नीति तथा कार्यक्रम सभाको समापन शत्रमा बुधबार सर्वसम्मतिले पारित भयो ।

मेचीनगरको आर्थिक बर्ष २०८१/८२ अन्तर्गत यस्तो छ नीति तथा कार्यक्रमको प्राथमिकता

१. कृषिको आधुनिकीकरण र व्यवसायीकरणद्वारा प्रविधि हस्तान्तरण

२. सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा व्यापक सुधार

३. उद्योग तथा सहकारी

४. आधारभूत स्वस्थ्य सेवामा नागरिकको नि:शुल्क र सहज पहुँच तथा गुणस्तरिय स्वास्थ्य सेवाको विस्तार

५. नीजि र सहकारी क्षेत्रको सहकार्यमा कृषि उत्पादकत्वमा वृद्धि, रोजगारी सृजना र गरिवी निवारण

६. नवप्रवर्तनमा आधारित स्थानीय क्षेत्रको आर्थिक विकास

७. आन्तरिक श्रोतमा वृद्धिका लागि पूर्वाधार विकास

८. प्रभावकारी सार्वजनिक सेवा र सुशासन प्रवर्द्धन

९. श्रमिकको पंजीकरण, श्रमिकको सुरक्षा र व्यवस्थापन

१०. एकीकृत शहरी विकास योजनाको निर्माण तथा कार्यान्वयन

११. लागू औषधको प्रयोग नियन्त्रणमा व्यापक सामाजिक परिचालन

१२. विकासका आयामहरुमा टोल विकास संस्थाको सहभागिता र साझेदारी

१३. आगामी आ.व. वाट निम्न वर्गको पहिचानगरी कार्यविधि वनाई खानेपानी समितिको सहकार्यमा ५ युनिट मात्र पानी खपत गर्ने जनताको सो ५ युनिटको रकम नगरपालिकाले भुक्तानी गरिदिने कार्यक्रम पेश गरिएको छ ।

१४. आगामी आ.व वाट वार्षिक १०० भन्दा वढी असुरक्षित आवाश भएका जनताका निम्ति कार्यविधि तथा मापदण्ड तयारगरी सुरक्षित आवाश अन्तर्गत टिनको छानो फेर्ने कार्यक्रम संचालन गरिने छ र यो कार्यक्रमलाई निरन्तरता दिइने छ ।

१५. आगामी वर्ष आयस्रोत नभएका, दैविक प्रकोपवाट पिडित निम्न वर्ग र साहारा विहिन परिवारका निम्ति कार्यविधि बनाई वार्षिक २० घर आवास निर्माण कार्यक्रम संचालन गरिने छ, र यो कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali