Skip to main content

Purbi Garjan

महासंघ निर्वाचन: सबैको अपनत्व कायम हुने गरी निर्वाचन गर्न जनपत्रकार संगठनको माग

काठमाडौ । जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघको निर्वाचनलाई कसैको जीतहारको रुपमा नलिई सबैको अपनत्व कायम हुने गरी निर्वाचन सुनिश्चित गर्न माग गरेको छ ।

संगठनले शनिवार एक प्रेश विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ सबैको साझा अगुवा संस्था भएकोले निर्वाचनलाई जीतहारको रुपमा नलिई सबैको अपनत्व कायम हुने गरी निर्वाचन गर्न माग गरेका छ ।

जनपत्रकार संगठन नेपालले बैधानिक व्यवस्था बमोजिम हुनुपर्ने निर्वाचन पटक –पटक तोकिने तर विभिन्न बहानामा स्थगित हुने गरेको भन्दै अझै निर्वाचनलाई अनिश्चित दिशामा धकेल्ने गरिएको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संगठनले जारी गरेको विज्ञप्ति मार्फत समग्र पत्रकारिता आन्दोलन,मर्यादित पत्रकारिता र पेसागत अधिकारको संघर्षलाई समेत नकरात्मक प्रभाव पार्ने गरी भएका गतिविधिहरुप्रति सचेत रहन सबैको ध्यान आकृष्ट गरेको छ ।

जनपत्रकार संगठनले कर्णाली प्रदेश,काठमाडौ शाखा लगायत देशभरका विभिन्न शाखामार्फत नयाँ सदस्यताका लागि दिएका निवेदनहरुको टुंगो लगाएर निर्वाचन प्रक्रिया सुनिश्चित गर्न माग गरेको छ ।

गैरपत्रकारहरुलाई सहमतिको नाममा घुसपैठ नगराउन चेतावनी दिँदै जनपत्रकार संगठन नेपालले संस्थाको दिर्घकालीन हितलाई ध्यान दिएर चुनाबलाई निश्पक्ष,स्वतन्त्र र विश्वसनीय बनाउन आग्रह गरेको छ ।
विज्ञप्तिको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali