Skip to main content

Purbi Garjan

आज राष्ट्रिय धान दिवस : बेठीमा रमाए कांग्रेस नेता

झापा । शिवसताक्षीमा २१ औं राष्ट्रिय धान दिवस मनाइएको छ ।
नेपाली कांग्रेस शिवसताक्षीको संयोजन र नेपाल किसान महासंघ शिवसताक्षीको आयोजनामा ‘बेठी’ सहितको बृहत् धान रोपाइँ शनिवार सम्पन्न भएको हो । नेपाल किसान महासंघ नेपाली कांग्रेसको वर्गीय संगठन हो ।‘बेठी’ मा पार्टीका टोल अध्यक्षदेखि लिएर प्रदेश समिति सदस्य समेतले नौमती बाजाको तालमा नाचगान गर्दै सामूहिक रूपमा धान रोपे । उनीहरूले दही चिउरा खाएर असार १५ अर्थात् राष्ट्रिय धान दिवस मनाए ।

नेपाली कांग्रेस शिवसताक्षीका सभापति अशोक बस्नेतका अनुसार नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, कोशी प्रदेश समितिका सदस्य उत्तमबहादुर चौलागाईं, महासमिति सदस्य मचिन्द्र शर्मा, भक्ति सिटौला, खड्गबहादुर कार्की, नेपाली कांग्रेसका नेता परशुराम ढुङ्गाना, मनोज खुलाल कार्की, नेपाल किसान महासंघ झापाका सभापति रतन थिङ्गलावोलगायतले हिलो खेतमा पसेर धान रोपे ।

कार्यक्रममा सहभागी अधिकांशले स्थानीय सूर्यनारायण राजवंशीको खेतमा पुगेर असारे भाकामा लोकदोहोरी गीत गाउँदै हिलो छ्यापाछ्याप गर्दै सामूहिक धान रोपे । ट्रयाक्टरले जोतेर हल गोरुले पटाहा लगाएको ठाउँ सम्याउने, बाउसे र रोपाहारलाई बीउ पुर्याउने युवा युवतीको पनि बाक्लो उपस्थिति थियो ।

सहरिया नयाँ पुस्तालाई ‘बेठी’ शब्द आश्चर्य लाग्न सक्छ । ‘बेठी’ लगाएर धान रोप्ने चलन निकै पुरानो हो । ग्रामीण भेगका गाउँबस्तीमा असारे भाका गाउँदै रोपाइँ गर्ने चलन पछिल्लो समय लोप हुँदै गएको छ । नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारको दोहोरीसहितको धान रोपाइँ ‘बेठी’ परम्परा किसानको संस्कृतिलाई महत्व दिन कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस शिवसताक्षीले जनाएको छ ।

पुर्खौदेखि चल्दै आएको चलनलाई जीवन्त राख्न ‘बेठी’ परम्परालाई संरक्षण गर्ने प्रयास गरिएको नेपाली कांग्रेस शिवसताक्षीका सभापति अशोक बस्नेतले बताए । लोप भइसकेको ‘बेठी’ परम्पराको जगेर्ना गर्न शिवसताक्षी नगरपालिका वडा नम्बर ५ मा नेपाल किसान महासंघले ‘बेठी’ लगाएर धान रोपाइँ गरेको पार्टीका अर्का नेता मनोज खुलाल कार्कीले बताए ।‘बेठी’ लगाएर धान रोपाइँ गरिएको दृष्य युवापुस्ताका लागि अत्यन्तै नौलो र रोचक दृश्य बनेकोे नेपाली कांग्रेस महासमिति सदस्य भक्ति सिटौलाले बताए । उनले भने ‘ नौमती बाजा बजाएर असारे भाकामा गीत गाउँदै नाच्दै गरिएको धान रोपाइँ साँच्चै गज्जबको थियो ।’ हराउनै लागेको ‘बेठी’को संरक्षण गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उनले बताए ।

खेतमा रमाईलो गर्दै धान रोपेको दृष्य नजिकैको बाटोमा आवत जावत गर्नेका लागि कम मनमोहक थिएन । बालबालिकाले पनि हिलो छ्यापाछ्याप गर्दै रमाईलो गरे । धान नेपालको प्रमुख खाद्यान्न बाली र खाद्य सुरक्षाको प्रमुख आधार भएकोले आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिकलगायतको ऐतिहासिकता कायम राख्न पार्टीको सहकार्यमा धान दिवस मनाइएको शिवसताक्षी नगरका सभापति बस्नेतले बताए । धानबालीलाई एउटा बालीको रुपमा मात्र नभई औसत नेपालीको जीवन पद्धतिका रूपमा हेरिएको हुँदा यो कार्यक्रमको ओज महत्वपूर्ण भएको उनको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबेले नेपालमा २०६१ सालदेखि असार १५ गतेलाई धान दिवसका रूपमा मनाउन थालिएको बताए । ‘कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधार धान उत्पादनलाई महत्व दिँदै असार १५ लाई धान दिवसका रूपमा मनाउन थालिएको हो ’उनले भने ‘आजको दिन अर्थात असार १५ देशका अधिकांश स्थानमा रोपाइँ गरी धान दिवस मनाईन्छ ।’
कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता मनोज खुलाल कार्कीले सहभागीलाई स्वागत गरेका थिए । कार्यक्रम नेपाल किसान महासंघ शिवसताक्षीका सभापति अमृतबहादुर कटुवालको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali