Skip to main content

Purbi Garjan

एमाले मेचीनगर कमिटीले किसानको धान रोपेर मनायो असार पन्ध्र

मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीले यसपालिको असार पन्ध्र (राष्ट्रिय धान दिवस) किसानको खेतमा सामुहिक धान रोपाइँ गरेर मनाएको छ ।

प्रत्येक बर्ष छुट्टाछुट्टै क्षेत्रका विभिन्न किसानहरूकोमा सामुहिक रूपमा धान रोपेर मनाउँदै आएको असार पन्ध्र यसपटक एमाले नगर कमिटीले मेचीनगर-९ शिवराज चोक स्थित रति किसानको १ बिघा जग्गामा धान रोपेको हो ।

शनिबार बिहान किसानको खेतमा धान रोपाइँ कार्यक्रममा एमालेका केन्द्र देखि वडासम्मको करिब १५० जना बढी नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।

नौमती बाजा सहित आयोजना गरिएको सामुहिक धान रोपाइँ कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा पुर्व बागमती प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा मेचीनगर उप-प्रमुख मीना पोख्रेल उप्रेती, केन्द्रीय सल्लाहकार परिषद् सदस्य भिम खवास, एमाले नेता तथा पुर्व कोशी प्रदेश सदस्य श्रीप्रसाद मैनाली, एमाले कोशी प्रदेश कमिटी सदस्य देवकुमार राई, लत्ता प्रसाईं, जिल्ला सदस्हरू संगिता थापा, रेनुका डाँगी, दिपक बराल, रमा भण्डारी, सञ्जु ढुङ्गेल र पुष्प गुरागाई मेचीनगर कमिटी उपसचिवद्वय राजु धिमाल, जानुका ओलीलगायत अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान संघका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य सहभागीता रहेको थियो ।

एमाले मेचीनगर कमिटी उपाध्यक्ष कञ्चन तामाङको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको सञ्चालन सचिव सागर ओलीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali