Skip to main content

Purbi Garjan

नगरकै नमुना विद्यालयबाट एक्लै एसईई उतिर्ण गरेकी पूजा कुमारी

विनोद सापकोटा
झापा । शिवसताक्षी ४ रङ्गिया थानकी पूजा कुमारी शाहले गएको एसईई परीक्षाको नतिजामा आफू मात्र उत्तीर्ण हुन्छु भनेर सोचेकी पनि थिइनन् । यसै साता मात्र प्रकाशन भएको एसईई परीक्षाको नतिजामा वडा नम्बर ६ को जनआदर्श माध्यमिक विद्यालयबाट परिक्षा दिएका मध्ये आफू मात्र उत्तीर्ण भएको खबर सुन्दा उनि निक्कै दुखी भईन् । ‘सँगै का साथी अनुत्तीर्ण भए । म मात्र उत्तीर्ण । कसरी खुसी हुनु,’ उनले भनिन् ।

पूजा कुमारी संगै अन्य ५० जना विद्यार्थीले वडा नम्बर ७ को व्याङडाडा स्थित भगवती माध्यमिक विद्यालयको परिक्षा केन्द्रबाट एसईईको परिक्षा दिएका थिए । ‘परिक्षा हलबाट बाहिरिदा सबै साथीले आजको परिक्षा राम्रो भयो भनेर प्रतिकृया दिन्थे,’ उनले भनिन् ‘ ‘नतिजा हेर्दा आफैलाई चित्त बुझेको छैन ।’
पूजाले अध्ययनका लागि विद्यालयको समय बाहेक दिनहुँ अतिरिक्त दुई घण्टा मात्र समय निकाल्थिन् । विद्यालयबाट घर फर्किएपछि खाजा खाने, घरको काम धन्दा सक्ने र आमालाई व्यापारमा सघाउने उनको दिनचर्या नै थियो ।

बेलुकाको समय एक घण्टा भित्रमा सरले दिएको गृहकार्य गर्ने र बचेको समय अध्ययनमा खर्चिन्थिन् । बिहान पनि घरको काम धन्दा सकेर एक घण्टा अध्ययन गर्ने बानी बसालेकी थिइन् । बेलुकाको भन्दा विहानको समयलाई उनले बढी महत्व दिने गरेकी थिईन् । उनले वर्षभरिको अध्ययन तालिका यसरी नै बनाएकी थिइन् । उनको मम्मी मञ्जुले भनिन् ‘पढ्न कति रहर गर्थिन् , निन्द्रा पुग्दैन भनेर सुत भन्थे । उनी मैले भनेको टेर्दिनथिन् । कोठामा एक्लै पढिरहन्थिन् ।

नेपाली विषयका राम राय, अङग्रेजी विषयका आशिष राई, नारायण भट्टराई गणित, मङ्गल ताजपुरिया सामाजिक, टिकाराम काफ्ले विज्ञान, पदम भण्डारी ऐच्छिक प्रथम अर्थशास्त्र र हर्क बस्नेतले द्वितीय ऐच्छिक शिक्षा विषय पढाउथे । पूजाले भनिन्, ‘ हामिलाई कक्षा कोठामा गएर पडाउने सबै सरहरूको इच्छा सबै विद्यार्थी पास हुन् । जान्ने हुन् भनेर मेहनतका साथ पढाउनुहुन्थ्यो,’ उनले भावुक हुँदै भनिन् ‘हाम्रो विद्यालयको नतिजा यो स्तरको आउँछ भनेर मैले सोचेको पनि थिइन । एसईईको परिक्षाको नतिजामा सरहरुको दोस होइन । हाम्रो दोस हो ।’
‘साथीहरुले सरले दिएको गृहकार्य गर्नुभएन । सरले पढाएको पाठ दोहोर्याएर आफै पढेर बुझ्ने प्रयास गर्नुभएन । बचेको समय कितावमा के छ भनेर अध्ययन गर्नुभएन । फलस्वरुप यस्तो नतिजा आएको हो,’ उनले भनिन् ‘ यसमा सर गुरुआमाको के दोस ।’

साथीहरुले आफ्नो भविष्य को बारेमा सोचेको थियो भने विद्यालयको नतिजा यस्तो हालतमा नआउने उनले बताइन् । ‘मेरै साथीले पढ्न ध्यान दिनुभएन । आ—पास भइहालिन्छ त नि भनेर हल्का रूपमा लिनुभयो । अघिल्ला वर्षको नतिजालाई जस्तै ठान्नुभयो । जसका कारण हामी सबै फेल भयौँ,’ उनले भनिन् । उनले २ दशमलव ७६ जिपिए प्राप्त गरेर शिवसताक्षी नगरकै एक मात्र नमुना विद्यालयबाट उत्तीर्ण भइन् । यो नतिजामा उनलाई पनि चित्त बुझेको छैन ।

एउटा सामुदायिक त्यो पनि नगरकै ठुलो नमुना विद्यालयबाट आफै मात्र एसईईमा उतिर्ण हुँदा उनि निक्कै अचम्बित भएकी छन् । ‘सरले जतिलाई कक्षा कोठामा पढाउनु भयो सबैले बरावरी ज्ञान लिएका हौं । म मात्र पास हुँदा आश्चर्य लागेको छ, उनले भनिन् ।
यतिबेला सामाजिक सञ्जालका स्थानिय प्रयोगकर्ताले फेसबुकमा उनको तस्विर राखेर बधाई दिन थालेका छन् । उनि स्थानिय प्रयोग कर्ताको फेसबुकको वालमा यतिबेला सजिन थालेकी छन् । उनलाई भेट्न र बधाई तथा शुभकामना दिन घरै सम्म पुगेर माला, खादा लगाईदिने सामाजिक अभियन्ता, राजनीतिक कर्मी, शिक्षकहरुको भिड लाग्न थालेको छ ।

शिक्षासँग जोडिएका सरोकारवाला निकायले पूजालाई सम्मान गर्नुपर्ने बताएका छन् । कतिपयले स्थानीय सरकारले उनलाई छात्रवृद्धि प्रदान गरि उच्च शिक्षाका लागि प्रोत्साहन दिनुपर्ने बताउन थालेका छन् ।

उनले विद्यालयकै सर संग दुई महिना विज्ञान, गणीत र अङग्रेजी विषयमा ट्युसन कक्षा लिएकी थिईन् । ट्युसनमा पनि हामी २५ जना जति साथी संगै पढ्ने गरेको उनले बताएकी छन् ।
पूजाकी आमा तरकारीको व्यापार गर्छिन् । पैकारी बाट किनेर ल्याएर स्थानिय बजारमा बेच्छिन् । त्यहीँबाट कमाएको नाफाले दुई छोरी र एउटा छोरा लाई पढाउँथिन् । उनकी जेठी छोरीले पनि कक्षा १२ नियमित उत्तिर्ण गरेकी छन् भने छोरा बैदेशिक रोजगारीमा छन् । उनका अनुसार व्यापारबाट कमाएको पैसाले नानीलाई आवश्यक शैक्षिक सामग्री किन्ने गरेको छु ।
विदाका दिनका बजारमा पूजा आफैं तरकारी बेच्न जान्छिन् ।

शिवगञ्ज, बोलोचोक, रंगियाथान, व्याङडाडा र हटिया नभएका दिनको गोधुली बजारमा तरकारीको व्यापार पूजाले गर्छिन् । व्यापारकै क्रममा पनि खाली भएको समयमा पढ्नका लागि किताबहरू बोकेर लैजाने गरेको जनताबजारका प्रकाश श्रेष्ठले बताए । उनले भने, ‘अध्ययन र व्यापार पूजाको बराबर हुन्थ्यो ।’
‘गएको वैशाखमा उनका बुबा उपेन्द्रको मृत्यु भयो । चैत महिनादेखि नै बुबा बिरामी हुनुहुन्थ्यो । बुबा घरमा बिरामी हुँदा मलाई पढाइमा निकै बाधा परेको थियो । तर पनि दुखले पास भएछु ।

अब उच्च शिक्षाका लागि मेरो आमा संग धन छैन । दिदीले पनि दुखले पढ्नुभयो । १२ सके पछि विपन्नताकै कारणले बिचैमा ब्रेक लाग्यो । मेरो त ११ कक्षा भर्ना हुनलाई पनि पैसा छैन । बरु फेल भएको भए, मेरो आमालाई आर्थिक शंकट त पर्ने थिएन्, उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर -६ साठी बिगाहामा रहेको अरुणोदय अङ्ग्रेजी बोर्डिङ स्कुलमा रहेको आवासगृह भित्रको एउटा कोठाम...
शिक्षिका रहस्यमय मृत्यु प्रकरण: घटना स्थलमा दुईवटा चिठी भेटियो

शिक्षिका रहस्यमय मृत्यु प्रकरण: घटना स्थलमा दुईवटा चिठी भेटियो

प्रविण अधिकारी मेचीनगर । झापाको मेचीनगर नगरपालिका -६ साठी बिगाहामा रहेको अरुणोदय बोर्डिङ इङलिस स्कुलको भवनभित्र सोमबार सोही विद्...
भन्सार छलीको ३२ बोरा चिनी सहित दुईवटा सवारी सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा  नियन्त्रण

भन्सार छलीको ३२ बोरा चिनी सहित दुईवटा सवारी सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा नियन्त्रण

मेचीनगर। काँकडभिट्टा नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको ठूलो परिमाणको चिनीसहित दुईवटा सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिए...
सीमा सुरक्षामा सशस्त्र प्रहरीको नयाँ पहल : सीमा नाकामा ‘बोर्डर इन्टरएक्सन टिम’ परिचालन

सीमा सुरक्षामा सशस्त्र प्रहरीको नयाँ पहल : सीमा नाकामा ‘बोर्डर इन्टरएक्सन टिम’ परिचालन

झापा । खुला सीमा क्षेत्रमा नागरिकको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्दै सीमा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी ...
ne_NPNepali