Skip to main content

Purbi Garjan

झापा : नेकपाका कार्यकर्ताले झिलझिलेमा डेढ बिघा जग्गामा रोपे धान

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले आज झापाको झिलझिलेमा डेढ बिघा खेतमा धान रोपेको छ। पार्टीका केन्द्रिय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमन सिंह सी ,पार्टी केन्द्रिय सदस्य प्रशान्त सी, जिल्ला सचीव संजय सी,प्रदेश सदस्य हुकुम सी , सौगात सी लगायतका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

आत्मानिर्भर कृषि उत्पादन तथा बचत समुहको आयोजनामा १ बिगाहा १० कठ्ठा जमिनमा आज बिहिवार धान रोपाइँ कार्यक्रम सम्पन्न भएको हो ।

धान रोपाइँ कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज सुमन सिंह सिले नेपालमा दलाल पुजिबादी अर्थ नितिले जनतालाई कंगाल बनाएको र परनिर्भर अर्थतन्त्रको बिकास गरेको बताए । उनले समाजबादी अर्थ नीति अन्तर्गत एकीकृत पुजिको स्वामित्वको नितिलाइ लिएर देशै भर “आत्मानिर्भर अर्थतन्त्र ,आत्मानिर्भर पार्टी तथा नेताकार्यकर्ता ,देश र जनता” भन्ने मुल नाराको साथ पार्टी अहिले कृषिमा होमिएको बताए ।

हामी यो देशलाई नयाँ उचाईमा लान सक्ने शक्तिका रुपमा अघि छौँ र हुनु पर्छ त्यसमा हामी सबै तयार छौ- सुमनसिंहले भने । युवाहरु निराश भएर विदेश पलायन हुन हुन्न भन्दै उनले युवाहरुले नै देश बनाउनेतर्फ सोच्नुपर्ने बताए ।

आत्मानिर्भर कृषि उत्पादन तथा बचत समुहको धान रोपाइ कार्यक्रममा पार्टीका नेताकार्यकर्ता तथा युवा विद्यार्थी , स्थानीय जनता सहित ६ दर्जन भन्दा माथिको संख्यामा सहभागी रहेको पार्टीका जिल्ला सचीव संजय सीले बताए । यस्तै भद्रपुर उत्पादन केन्द्रमा यहि २८ गते रोपाइँ कार्यक्रम गरिने उनले बताए । नेकपाले झापामा यश वर्ष झण्डै साढे ८ बिघा खेतमा धान लगाउने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali