Skip to main content

Purbi Garjan

बीआरआईबारे भ्रम पार्नु हुँदैन : विप्लव

शोभराज बराल
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)बारे भ्रम पार्न दिन नहुने बताएका छन् । आइतबार नेकपाको अन्तराष्ट्रिय विभागले आयोजना गरेको ‘बीआरआई वास्तविकता र भ्रम’ विषयक अन्तरक्रियामा बोल्दै विप्लवले बीआरआईबारे भ्रममा पर्नु पनि नहुने र पार्नु पनि नहुने बताएका हुन् ।

विप्लवले बीआरआईबारे भ्रममा पार्नु र पर्नु नेपालको हितमा नभएको भन्दै यसलाई कार्यान्वयनमा लैजानुपर्ने बताए । ‘यो परियोजना नेपालको हितमा छ । यसबारेमा हामी भ्रममा नपरौं, अरुलाई भ्रममा पनि नपारौं । यो एमसीसी जस्तो शैन्य रणनीति होइन् ।’, विप्लवले भने, ‘अरुले भनेको कुरामा विश्वास नगरौं । कमसेकम चीनले भनेको विषयमा त विश्वास गरौं ।’

विप्लवले बीआरआई परियोजना सफल भएको खण्डमा विश्वमा फरक ठाउँमा पुग्ने बताए । ‘बीआरआई नेपालमा लागु भयो भने यसले विश्वलाई अर्को दिशा दिन्छ ।’, विप्लवले भने, ‘अहिले अबै पश्चिमतीर फर्किएका छन् । अब सबै देशहरु पूर्वतीर फर्किन्छन् । यसले विश्वराजनीति र विश्व अर्थनीतिको दिशा बदलिदिन्छ ।’

विप्लवले प्रधानमन्त्री केपी ओली शर्मा ओलीले बीआरआई लागु गर्ने आँट गर्नुपर्ने बताए । ‘उहाँलाई पनि सहज त छैन् । आजै फाल्छन् कि भोलि फाल्छन् भन्ने तनाव नै तनावमा बस्नुपरेको हो जस्तो लाग्छ । उहाँलाई काम गर्न दिनुपर्छ ।’, उनले भने, ‘उहाँले आँट गर्नुपर्छ । यसले नेपाललाई पनि फाइदा हुन्छ ।’ भारतले यसअघिका दिनहरुमा पनि चिनियाँ योजनामा अबरोध गरेको दृष्टिान्त दिदै विप्लवल यसलाई अहिलेको सरकारले चिर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali