Skip to main content

Purbi Garjan

सेल्टरदाता कार्कीको निधनमा एमालेको शोक सभा

माईधार । शिवसताक्षी नगरपालिका वाडनम्वर १० माइधार निवासी सावित्रा देवी कार्कीको निधनमा नेकपा एमाले शिवसताक्षीले शनिवार शोक सभा सम्पन्न गरेको छ ।

२०२७ साल देखीको कम्युनिस्ट आन्दोलनमा अनवरत रुपमा सक्रिय राजनीतिक योद्धा तथा एमाले नेताका सेल्टर दाता समध्वज कार्कीको श्रीमती सावित्राको निधनमा एमालेले निवासमै पुगेर श्रद्वान्जली सभा सम्पन्न गरेको हो ।

शोक सभामा मन्तव्य राख्दै नेकपा एमाले की केन्द्रिय सदस्य मेनुका काफ्लेले कार्कीको मृत्युले पार्टी र समाजमा अतुलनीय क्षति पुगेको बताईन् । उनले पार्टी भुमिगत भएका बेला स्वर्गिय सावित्राले पार्टीका नेतालाई महिनौ सम्म खाना पकाएर ख्खाउने र तत्कालिन शासकले नभेट्ने गरी लुकाउने गरेको केन्द्रिय सदस्य काफ्लेले बताईन् । ‘उहाँ ईमान्दार, कर्तव्य निष्ठ र राजनीतिक परिवर्तका लागि उदाहरणीय महिला हुनुहुन्थ्यो,’ केन्द्रिय सदस्य काफ्ले ले भनिन् ‘ मैले पनि उहाँ संग एउटै टिममा बसेर काम गर्ने अवसर पाएको थिए । उहाँको रहन सहन र बोली बचन अरुका लागि प्रेरण बन्ने गरेको थियो ।’

गएको साउन ७ गते ७५ वर्षको उमेरमा झापाको विर्तामोड स्थित विएण्डसी अस्पतालमा उपचारको क्रममा सावित्राको निधन भएको थियो । सुगर, प्रेसर, थाइराइड लगायतका रोग बाट ग्रसित कार्की १५ दिन देखी सो अस्पतालमा उपचारारत थिइन् ।

स्वर्गिय कार्कीले हालका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली सहित ईश्वर पोख्रेल, प्रदिप नेपाल, अष्टलक्ष्मी साक्य, अमृत वोहोरा, मेनुका काफ्ले, सिपी मैनाली, राधाकृष्ण मैनाली लगायतका नेतालाई महिनौ सम्म खाना पकाएर ख्वाएकी थिईन् ।

‘२०३६ साल तिरको कुरा हो,’ मृतक सावित्राका श्रीमान् समध्वज कार्कीले भने ‘ मेरो श्रीमतीले ०३६ सालको किसान आन्दोलन र ०४६ सालको पहिलो प्रजातान्त्रिक आन्दोलनमा हाम्रो पार्टीका श्रद्धेय नेता गणलाई भोक लागेका बेला भोजन र विना वर्दिको सुरक्षा दिएको स्मरण छ ।’ अझै धेरै बाच्ने र संगै मर्ने ईच्छा हुँदा हुदै मेरो श्रीमतीको अकल्पनीय निधनले परिवारमा बज्रपात भएको उनले बताए । उनले फेसबुकमा श्रीमती सावित्राको तस्विर राखेर भावुक स्ट्याटस लेख्दै भनेका छन्, ‘ ०६४ वर्ष देखिको हाम्रो यात्रा अव सकियो ।’

उनले शोक सभामा नेकपा एमाले पार्टी विधि, पद्धती र प्रकृया मुताविक चलायमान नभएको पनि आरोप लगाए । तल देखी माथि सम्मकै पार्टी संयन्त्रमा आफुखुसी हावी हुने गरेको कार्कीको आरोप छ । माक्र्सबाद लेलिनवादको अध्ययन गरेको छैन । बुझेको केही छैन । अनि पार्टी भित्रको नीति, शिद्धान्त र मर्मको कुरा गर्ने पार्टीमा हावि भएको ले पार्टी धरापमा परेको उनको गुनासो छ । पार्टी जोगाउन नेतृत्व तहबाटै शैद्धान्तिक वहस हुनुपर्ने उनले धारणा राखेका छन् । उनी कम्न्यिुष्ट आन्दोलनका तत्कालिन सेल्टरदाता हुन् ।

श्रद्वान्जली सभामा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य काफ्ले सहित कोशी प्रदेश कमिटी सदस्य चन्द्रकुमार शेर्मा, कोशी प्रदेशका सांसद राधाकृष्ण खनाल, जिल्ला सदस्य धनवहादुर थेवे, शिवसताक्षी नगरका पार्टी अध्यक्ष मेदनी दंगाल, पार्टीका वडा अध्यक्ष लगायत २ सय बढी नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

पार्टीका १० नम्बर वडा अध्यक्ष डम्बर कुमार तिम्सीनाको अध्यक्षता र एमाले पार्टीका वडा सचिव तेज प्रसाद भट्टराईले सहजिकरण गरेको कार्यक्रममा पार्टीले प्रदान गरेको समवेदना पत्र पार्टी नगर अध्यक्ष मेदनी दंगालले वाचन गरेका थिए । स्वर्गिय कार्कीको श्रीमान् समध्वज सहित २ छोरा बुहारी र १ जना छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali