माईधार । शिवसताक्षी नगरपालिका वाडनम्वर १० माइधार निवासी सावित्रा देवी कार्कीको निधनमा नेकपा एमाले शिवसताक्षीले शनिवार शोक सभा सम्पन्न गरेको छ । २०२७ साल देखीको कम्युनिस्ट आन्दोलनमा अनवरत रुपमा सक्रिय राजनीतिक योद्धा तथा एमाले नेताका सेल्टर दाता समध्वज कार्कीको श्रीमती सावित्राको निधनमा एमालेले निवासमै पुगेर श्रद्वान्जली सभा सम्पन्न गरेको हो । शोक सभामा मन्तव्य राख्दै नेकपा एमाले की केन्द्रिय सदस्य मेनुका काफ्लेले कार्कीको मृत्युले पार्टी र समाजमा अतुलनीय क्षति पुगेको बताईन् । उनले पार्टी भुमिगत भएका बेला स्वर्गिय सावित्राले पार्टीका नेतालाई महिनौ सम्म खाना पकाएर ख्खाउने र तत्कालिन शासकले नभेट्ने गरी लुकाउने गरेको केन्द्रिय सदस्य काफ्लेले बताईन् । ‘उहाँ ईमान्दार,…