Purbi Garjan

मेचीनगर: नगरको कार्य सम्पादन प्रति असन्तुष्टि जनाउँदै ६ दलले बुझाए ज्ञापनपत्र

मेचीनगर। झापाको मेचीनगर नगरपालिकाको कार्य सम्पादन प्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेससहित, नेकपा माओबादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजबादी पार्टी र नेकपा एकीकृत समाजबादी पार्टीले संयुक्त रुपमा नगरपालिकालाई २१ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा नगरको लापरवाहीका कारणले शिक्षक धनराज भण्डारीको मृत्यु भएकाे ६ राजनितिक दलहरूले ठहर गरेका छन ।
शिक्षक भण्डारीको मृत्युमा नगरपालिका असंवेदनशिल तथा मौन बसेको ठहर गर्दै सर्वदलीय छानविन समिति गठन गर्न माग गरिएको छ ।

मेचीनगरको कार्यालयले लगाएको नदीजन्य पदार्थको ठेक्काबाट नदीमा मापदण्डविपरित उत्खनन् गरिएको खाल्डोमा डुबेर वडा नं. ३ निवासी शिक्षक धनराज भण्डारीको दुःखद निधन भएको र अनियन्त्रित उत्खनन् हुँदासमेत नगरपालिकाको कार्यालयले प्रभावकारी अनुगमन नगरेको ज्ञापनपत्रमा उल्लेख छ ।

त्यस्तै मेचीनगर नगरपालिका वडा नं. ४ का वडा अध्यक्षले रेडियो मन्त्र मार्फत अन्तरवार्ताका क्रममा नगरपालिकामाथि लगाएको भ्रष्टाचारजस्तो गम्भीर आरोपको विषयमा सर्वदलीय छानविन समिति गठन गरी सत्य तथ्य जनतासमक्ष ल्याउनु पर्नेलगायतका माग गरिएको छ ।

आज विहान कार्यालय खुल्ने समय पारेर जुलुससहित नगरपालिका परिसरमा पुगेको राजनैतिक दलहरुको टोलीले मेचीनगर नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीलाई माग पत्र बुझाउँदै आफुहरुको मागका फेरि पनि बेवास्ता गरिए कडा आन्दोलन गर्ने उल्लेख चेतावनी दिइएको छ ।

कांग्रेसका तर्फबाट क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, माओबादी केन्द्रका तर्फबाट क्षेत्रीय सभापति माधव अर्याल, रास्वपाका तर्फबाट क्षेत्रीय अध्यक्ष भीमबहादुर कुँवर, राप्रपाका तर्फबाट क्षेत्रीय उपाध्यक्ष विश्वराज पोखरेल, एकीकृत समाजबादीका तर्फबाट क्षेत्रीय संयोजक भाष्कर घिमिरे, जसपाका तर्फबाट नगर अध्यक्ष ओमप्रकाश खापुङ लगायतले हस्ताक्षर गर्नु भएको ज्ञापन पत्रमा नगरबाट भएका गलत कार्यहरुले नगरवासीहरु नै जोखिममा परिरहेको उल्लेख छ ।

नगरका बिभिन्न क्षेत्रमा रहेका समस्याहरुका बारेमा नगरपालिकालाई गम्भिर हुन आग्रह गर्दै ज्ञापन पत्रमा विगतमा राजनीतिक दलका तर्फबाट भएका खबरदारीको बेवास्ता गरिएको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चन्द्रगढी महिला गोल्डकपः आज भुटान र चर्च ब्वाइज खेल्दै

चन्द्रगढी महिला गोल्डकपः आज भुटान र चर्च ब्वाइज खेल्दै

भद्रपुर । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आज (आइतबार) भुटान र ...
बुद्धशान्तिमा हरिणको सिङ जस्तो देखिने वस्तु फेला

बुद्धशान्तिमा हरिणको सिङ जस्तो देखिने वस्तु फेला

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ चिलिमगढी घाट नजिकै हरिणको सिङ जस्तो देखिने वस्तु फेला परेको छ। शनिबार राति करिब १०:३० बजेको...
चन्द्रगढी महिला गोल्डकप आजबाट शुरु हुँदै, रचना रिमालको प्रस्तुति रहने

चन्द्रगढी महिला गोल्डकप आजबाट शुरु हुँदै, रचना रिमालको प्रस्तुति रहने

बिर्तामोड । आजबाट शुरु हुने ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको उद्घाटन कार्यक्रममा गायिक रचना रिमालले प्रस्तुति दिने...
बाहुणडाँगीमा मोटरसाइकल दुर्घटना : सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु, अर्का प्रहरी घाइते

बाहुणडाँगीमा मोटरसाइकल दुर्घटना : सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु, अर्का प्रहरी घाइते

झापा । झापाको मेचीनगर नगरपालिका–२ स्थित दुर्गा मन्दिर नजिक मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ...
ne_NPNepali