Skip to main content

Purbi Garjan

तेस्रो मुलुकका पर्यटकका लागि पनि खुल्यो पुर्वी नाका काकडभिट्टा

मेचीनगर। कोरोना महामारी पश्चात् तेस्रो मुलुकका पर्यटकहरुका लागि बन्द रहेको पुर्वी प्रवेशद्वार खुला भएको छ। अब तेस्रो मुलुकका पर्यटकहरु सहजै काकडभिट्टा हुँदै भारततर्फ प्रस्थान गर्न पाउने भएका छन्।

भारतीय अध्यागमन कार्यालयले तेस्रोमुलुकका सम्पूर्ण नागरिकहरुलाई आवतजावतको अनुमति दिएसँगै सिमानाका व्यवसायीहरु खुसी बनेका छन्। ।

कोरोनाको कारण देखाएर पूर्वीनाका हुँदै पैदलमार्ग भएर नेपाल घुम्न आउने पर्यटकहरुलाई भारततर्फबाट प्रवेशाज्ञ (आगमन अनुमति) नदिँदा त्यसको असर सोझै नेपाली पर्यटन र होटल व्यवसायीहरुलाई परेको थियो ।

यही १ अगष्ट २०२४ देखि भारतीय पक्षले नाका खुलाएको अध्यागमन कार्यालय काँकरभिट्टाले जनाएको छ । भारतीय अध्यागमन कार्यालयले टेलिफोनमार्फत तेस्रो मुलुकका पर्यटकहरुका लागि पनि नाका खुलेको जानकारी गराएको अध्यगमन कार्यालय काँकरभिटटाका कार्यालय प्रमुख मोहन पनेरुले बताए ।

अहिले पर्यटकहरुलाई जानकारी नभएकाले खासै पर्यटकको आगमन भने नभएको र नाका खुलेदेखि यता बंगलादेशका दुई, यूकेका एक, यूएसएका तीन, स्वीजरल्याण्डका चार र भुटानका १७ जना पर्यटक नेपाल प्रवेश गरेको तथ्याङ्क रहेको पनि पनेरुले बताए ।

यसैगरी, सोहि अवधिमा नर्वेका नागरिक दुई, जापानीज एक, स्वीजरल्याण्डका एक, यूकेका एक, भुटानका २३ र बंगलादेशका एकजना नागरिक काकडभिट्टा नाका भएर बाहिरीएको कार्यालयले जनाएको छ । यसअघि भारतको पश्चिम बंगाल राज्यको पानीटंकीमा रहेको अध्यागमन ‘चेकपोष्ट’ रानीगञ्जले नेपाली विद्यार्थी तथा भुटानीबाहेक तेस्रो मुलुकबाट नेपाल घुम्न आउने पर्यटकलाई प्रवेशाज्ञ (आगमन अनुमति ) नदिएका कारण पूर्वी नाकाबाट नेपाल घुम्न आउने पर्यटकको चहल पहल हुन सकेको थिएन थिएन् ।

यस विषयमा नेपाल तथा भारततर्फका अधिकारीहरुको औपचारिक तथा अनौपचारिकरुपमा पटक पटक छलफल भए पनि सुरक्षाको कारण देखाएर भारतीय अध्यगमन कार्यालयले प्रवेशाज्ञ (आगमन अनुमती) नदिएको बताइएको थियो ।

पुर्वी नाका तेस्रो देशका पर्यटकहरुका लागि सहज भएसँगै पुनः काकडभिट्टा बजार पुरानै लयमा फर्किने आशमा नाकाका व्यवसायीहरु छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

साहसी युवा जसले उर्लँदो भेलबाट ४ जना पर्यटकको ज्यान बचाए

साहसी युवा जसले उर्लँदो भेलबाट ४ जना पर्यटकको ज्यान बचाए

दार्जिलिङ । कुर्सेङ अन्तर्गत पर्ने दु्धिया निवासी दिल कुमार सुब्बालाई बहादुरी पुरस्कार प्रदान गर्न स्थानीय बासिन्दा तथा सामाजिक सं...
जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

झापा, मेचीनगर । झापाको मेचीनगर नगरपालिका–७ जोरसिमल क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामानस...
इक्यान झापाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, विविध विषयमा छलफल

इक्यान झापाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, विविध विषयमा छलफल

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको आयोजनामा झापाको बिर्तामोडमा एकदिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । ...
भान्सामा खाना पकाउँदै गरेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

भान्सामा खाना पकाउँदै गरेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

दमक, झापा। झापाको कमल गाउँपालिकामा सर्पदंशका कारण एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कमल गाउँपालिका–३ बस्न...
ne_NPNepali