Skip to main content

Purbi Garjan

अखिल (समाजवादी ) झापाद्वारा “संगठन सुदृढ विस्तार तथा शिक्षालय सुधार” अभियान शुरु

झापा । विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) झापाले “संगठन सुदृढ, विस्तार तथा शिक्षालय सुधार” अभियान आज देखि सुरु गरेको छ।

संगठनले “आन्तरिक रुपमा संगठनलाई सुदृढ गरौँ , नवउदारवादी शिक्षा नितिको विरुद्धमा संघर्ष गरौँ” भन्ने मुल नाराका साथ अभियानको पहिलो दिन आज झापाको शनिश्चरे स्थित शनिश्चरे बहुमुखी क्याम्पसमा इकाई समिति गठन गरी उद्घाटन गरेको हो ।

वर्तमान समयमा, विद्यार्थीहरू आफ्नो हक – अधिकारबाट विमुख भएको र नयाँ पुस्तामा निराशा हावी भएको कारण आम विद्यार्थीहरुमा उर्जा भर्दै समाजवादी आन्दोलनमा प्रेरीत गर्न संगठनले ४५ दिने अभियान सुरु गरेको संगठनका केन्द्रीय सचिवालय सदस्य एवम् (झापा -मोरङ – सुनसरी) का इन्चार्ज विनोद सी ले जानकारी दिए।

अभियानले सबैखाले शैक्षिक र दुर्व्यसनको समस्या लाई समाधान गर्न शान्तिपूर्ण पहल र आवस्यक संघर्ष संचालन पनि गर्ने उद्देश्य लिएको उनले बताए ।

अहिले नेपालको शिक्षामा नवउदारवादी नीतिको अभ्यास भइरहेको र नयाँ पुस्तालाई समानता, सामुहिकता र आत्मनिर्भरता तिर प्रेरीत गराउने भन्दा यसको ठिक विपरीत तिर विकास गराई रहेकाले यसले जटिल समस्या निम्त्याउने संगठनले बताएको छ। जसका कारण अन्ततःनेपालको शिक्षा प्रणाली असफल भएको र समाजवादी शिक्षा प्रणाली लागू हुनुपर्ने माग सहित संगठनले देशब्यापी आन्दोलन गरिरहेको छ।

पुँजीवादी स्कुलिङ्ले बेचैन भएका विद्यार्थीहरुलाई समाजवादी स्स्कुलिङ् मार्फत आफ्नै देशमा भविष्य निर्माणको लागि प्रेरित गर्ने असामान्य कार्यभार अभियानले पूरा गर्ने समेत संगठनको उद्वेश्य रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali