Purbi Garjan

भिम खवासलाई पुनः अध्यक्षमा चयन गर्दै धुलाबारी क्याम्पसको साधारण सभा सम्पन्न

Advertisement

मेचीनगर । झापाको मेचीनगर -१० मा अवस्थित धुलाबारी क्याम्पसकाे अध्यक्षमा भिम खवास पुन: सर्वसम्मत चयन भएका छन् ।

आज धुलाबारी क्याम्पसकाे बार्षिक साधारण सभाले खवासलाई पुन: अध्यक्षमा चयन गरेकाे हाे । उनी यसअघि पनि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए ।

त्यस्तै सभाले समितिकाे उपाध्यक्षमा पुनित बंशल, सदस्यहरूमा वीपी भट्टराई, कृष्ण काैशल, सुष्मा कार्की डाेली, नमिता बुढाथोकी, शुशिला रिजाल र सदस्य सचिवमा क्याम्पस प्रमुख पुष्पराज पौडेल सर्वसम्मत चयन भएका छन्। समितिमा मेचीनगर नगरपालिका प्रमुख वा प्रतिनिधिका एक जना, कार्यक्रम संयाेजक एक जना र पुर्वाञ्चल युनिभर्सिटीका प्रतिनिधि एक जना रहनेछन् ।

 

नवनिर्मित कार्यसमितिको कार्यकाल ३ वर्षे रहने निर्वाचन समिति संयाेजक अधिवक्ता अजय घिमिरेले जानकारी दिए। कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गाेपालचन्द्र बुढाथोकी, क्याम्पसका संस्थापक उपाध्यक्ष राम कट्टेल, मेचनगर-१५ का वडाध्यक्ष गुणराज भट्टराई , तत्कालीन क्याम्पस भवन निर्माण समितिका सचिव पुनित बंशल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभामा बोल्दै नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले शिक्षा क्षेत्रमा रहेका समस्या बारे उजागर गर्दै मुलुक नयाँ संरचनामा गएर स्थानीय तहलाई हतार – हतारमा मावि तह सम्मको जिम्मेवारी सुम्पिए पनि त्यसभित्र रहेका कठिनाइ र कानुनी कुराहरुमा स्थानीय सरकारलाई अधिकार नदिएकाले सुधारका लागि समस्या झेल्नुपरेको बताए । उनले यावत कानुनी समस्याको बाबजुद पनि नगरमा पछिल्लो समय भौतिक संरचना लगायतका कामहरुले तीव्रता पाइरहेको उल्लेख गरे।

क्याम्पसकाे २३ औँ साधारणसभा भएपनि प्राविधिक शिक्षा पढाउन थालेपछि अहिलेकाे कानून अनुसार पहिलाे साधारण सभा मानेर सुरू गरिएको समितिले जानकारी दिएको छ । क्याम्पसमा हाल डिप्लाेमा सम्मकाे सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन भइरहेकाे छ ।

धुलाबारी क्याम्पसमा प्राविधिक शिक्षा ल्याउन संघीय प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, झापा क्षेत्र नम्बर १ का संघीय सांसद विश्वप्रकाश शर्मा, नेकपा माओवादी केन्द्रकि नेतृ धर्मशिला चापागाईं लगायतका व्यक्तिहरूकाे उल्लेखनीय याेगदान रहेकाे अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ। आगामी असाेज महिनामा प्राविधिक क्याम्पसकाे औँपचारिक रूपमा उद्घाटन गरिने समेत समितिले जानकारी दिएको छ।

क्याम्पस परिसरमा जग्गादाता र चन्दादाताहरूकाे नामावली भएकाे शिलालेख समेटिएको स्तम्भ राखिने बताइएकाे छ ।
खवासकै अध्यक्षता र स्वागतमा सम्पन्न कार्यक्रमकाे सञ्चालन क्याम्पस प्रमुख पुष्पराज पाैडेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“प्रथम निलसरी च्यालेन्ज कप” उर्लाबारीलाई पराजित गर्दै आयोजक सेमिफाइनल प्रवेश

“प्रथम निलसरी च्यालेन्ज कप” उर्लाबारीलाई पराजित गर्दै आयोजक सेमिफाइनल प्रवेश

मेचीनगर । आयोजक युथ क्लब जोरसिमलसंगको सुरूवाती अग्रता जोगाउन नसक्दा उर्लाबारी एफसी मोरङ झापाको मेचीनगर ७ स्थित जोरसिमलमा जारी "प्र...
नेपाल जेसीज र रेडक्रस स्थापना दिवसमा चारआलीमा रक्तदान

नेपाल जेसीज र रेडक्रस स्थापना दिवसमा चारआलीमा रक्तदान

मेचीनगर। नेपाल जेसीजको ६१औं स्थापना दिवस तथा  रेडक्रसको १६१औं स्थापना दिवसको अवसरमा झापाको चारआलीमा वृहत् रक्तदान कार्यक्रम सम्पन्...
बाहुण्डाँगी जेसीजद्वारा सेयर बजारसम्बन्धी अभिमुखीकरण तालीम सम्पन्न

बाहुण्डाँगी जेसीजद्वारा सेयर बजारसम्बन्धी अभिमुखीकरण तालीम सम्पन्न

झापा । सामाजिक कामहरुमा सक्रिय रहँदै आएको बाहुण्डाँगी जेसीजले सेयर बजारसम्बन्धी अभिमुखीकरण तालीम सफलतापूर्वक सम्पन्न गरेको छ। "युव...
अन्तर्राष्ट्रिय मेडल विजेता विद्यार्थीलाई झापा नेशनल स्कूलद्वारा सम्मान

अन्तर्राष्ट्रिय मेडल विजेता विद्यार्थीलाई झापा नेशनल स्कूलद्वारा सम्मान

झापा। मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा सम्पन्न युनियन सोतोकान कराते एशोसिएसन (USKAI) अन्तर्राष्ट्रिय कराते प्रति...