Purbi Garjan

भिम खवासलाई पुनः अध्यक्षमा चयन गर्दै धुलाबारी क्याम्पसको साधारण सभा सम्पन्न

मेचीनगर । झापाको मेचीनगर -१० मा अवस्थित धुलाबारी क्याम्पसकाे अध्यक्षमा भिम खवास पुन: सर्वसम्मत चयन भएका छन् ।

आज धुलाबारी क्याम्पसकाे बार्षिक साधारण सभाले खवासलाई पुन: अध्यक्षमा चयन गरेकाे हाे । उनी यसअघि पनि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए ।

त्यस्तै सभाले समितिकाे उपाध्यक्षमा पुनित बंशल, सदस्यहरूमा वीपी भट्टराई, कृष्ण काैशल, सुष्मा कार्की डाेली, नमिता बुढाथोकी, शुशिला रिजाल र सदस्य सचिवमा क्याम्पस प्रमुख पुष्पराज पौडेल सर्वसम्मत चयन भएका छन्। समितिमा मेचीनगर नगरपालिका प्रमुख वा प्रतिनिधिका एक जना, कार्यक्रम संयाेजक एक जना र पुर्वाञ्चल युनिभर्सिटीका प्रतिनिधि एक जना रहनेछन् ।

 

नवनिर्मित कार्यसमितिको कार्यकाल ३ वर्षे रहने निर्वाचन समिति संयाेजक अधिवक्ता अजय घिमिरेले जानकारी दिए। कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गाेपालचन्द्र बुढाथोकी, क्याम्पसका संस्थापक उपाध्यक्ष राम कट्टेल, मेचनगर-१५ का वडाध्यक्ष गुणराज भट्टराई , तत्कालीन क्याम्पस भवन निर्माण समितिका सचिव पुनित बंशल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभामा बोल्दै नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले शिक्षा क्षेत्रमा रहेका समस्या बारे उजागर गर्दै मुलुक नयाँ संरचनामा गएर स्थानीय तहलाई हतार – हतारमा मावि तह सम्मको जिम्मेवारी सुम्पिए पनि त्यसभित्र रहेका कठिनाइ र कानुनी कुराहरुमा स्थानीय सरकारलाई अधिकार नदिएकाले सुधारका लागि समस्या झेल्नुपरेको बताए । उनले यावत कानुनी समस्याको बाबजुद पनि नगरमा पछिल्लो समय भौतिक संरचना लगायतका कामहरुले तीव्रता पाइरहेको उल्लेख गरे।

क्याम्पसकाे २३ औँ साधारणसभा भएपनि प्राविधिक शिक्षा पढाउन थालेपछि अहिलेकाे कानून अनुसार पहिलाे साधारण सभा मानेर सुरू गरिएको समितिले जानकारी दिएको छ । क्याम्पसमा हाल डिप्लाेमा सम्मकाे सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन भइरहेकाे छ ।

धुलाबारी क्याम्पसमा प्राविधिक शिक्षा ल्याउन संघीय प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, झापा क्षेत्र नम्बर १ का संघीय सांसद विश्वप्रकाश शर्मा, नेकपा माओवादी केन्द्रकि नेतृ धर्मशिला चापागाईं लगायतका व्यक्तिहरूकाे उल्लेखनीय याेगदान रहेकाे अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ। आगामी असाेज महिनामा प्राविधिक क्याम्पसकाे औँपचारिक रूपमा उद्घाटन गरिने समेत समितिले जानकारी दिएको छ।

क्याम्पस परिसरमा जग्गादाता र चन्दादाताहरूकाे नामावली भएकाे शिलालेख समेटिएको स्तम्भ राखिने बताइएकाे छ ।
खवासकै अध्यक्षता र स्वागतमा सम्पन्न कार्यक्रमकाे सञ्चालन क्याम्पस प्रमुख पुष्पराज पाैडेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चन्द्रगढी महिला गोल्डकप आजबाट शुरु हुँदै, रचना रिमालको प्रस्तुति रहने

चन्द्रगढी महिला गोल्डकप आजबाट शुरु हुँदै, रचना रिमालको प्रस्तुति रहने

बिर्तामोड । आजबाट शुरु हुने ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको उद्घाटन कार्यक्रममा गायिक रचना रिमालले प्रस्तुति दिने...
बाहुणडाँगीमा मोटरसाइकल दुर्घटना : सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु, अर्का प्रहरी घाइते

बाहुणडाँगीमा मोटरसाइकल दुर्घटना : सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु, अर्का प्रहरी घाइते

झापा । झापाको मेचीनगर नगरपालिका–२ स्थित दुर्गा मन्दिर नजिक मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ...
सरकारी दस्तावेजमा अब पूर्वपश्चिम राजमार्ग होइन “महेन्द्र राजमार्ग”

सरकारी दस्तावेजमा अब पूर्वपश्चिम राजमार्ग होइन “महेन्द्र राजमार्ग”

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आज सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतापत्रमा पूर्वाधार विकाससम्बन्धी अघि सार...
शनिश्चरेलाई हराउँदै आदर्श युवा क्लब अन्तिम चारमा

शनिश्चरेलाई हराउँदै आदर्श युवा क्लब अन्तिम चारमा

झापा । तेस्रो जिल्ला स्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगितामा आदर्श युवा क्लब बुधबारे सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्...
ne_NPNepali