Skip to main content

Purbi Garjan

युवा संघद्वारा घैलाडुब्बा शिवालय मन्दिरमा निःशुल्क पानी वितरण

मेचीनगर । पुर्वको पवित्र धार्मिक तथा पर्यटकीय स्थल घैलाडुब्बा शिवालय पातालगंगा मन्दिर परिसरमा राष्ट्रिय युवा संघ मेचीनगर-८ वडा कमिटीले निःशुल्क पानी वितरण गरेको छ ।

साउनको अन्तिम सोमबार आज मन्दिरमा पुजा आरधाना गर्न आउने भक्तजनहरूलाई सहजताको लागि निःशुल्क पानी वितरण गरिएको हो।

साउन महिना भरिको सोमबार भगवान् शिवको पुजा गर्न घैलाडुब्बा शिवालय पातालगंगा मन्दिरमा भक्तजनहरूको बाक्लो उपस्थिति रहने गर्छ । त्यसमा पनि बिशेष गरि अन्तिम सोमबार बढी भिड हुने हुँदा युवा संघले निःशुल्क पानी वितरण गरेको आयोजक कमिटीले जानकारी दिएको छ।

युवा संघ मेचीनगर वडा नम्बर -८ कमिटीले आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता ललित थामीले गरेका थिए भने प्रमुख अतिथिका रुपमा राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश कमिटी सचिवालय सदस्य रघु धिमालको उपस्थिति रहेको थियो। त्यस्तै अतिथिहरुमा जिल्ला सचिवालय सदस्य सरोज मेहरा, नगर अध्यक्ष सुनिल राजवंशी , नगर सचिव राकेश खवास, नगर सदस्य विकास माझी , पुर्व वडाध्यक्ष तेजन राजवंशी , एमाले वडा नम्बर -८ का कार्यबाहक अध्यक्ष मिलन विश्वकर्मा लगायतको उपस्थिति रहेको थियोे ।

वडा इन्चार्ज सञ्जय थामीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन वडा सचिव आकाश ढुंगानाले गरेका थिए। संघले आज दिनभर मन्दिर परिसरमा निशुल्क पानी वितरण गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali