Skip to main content

Purbi Garjan

दिवंगत छोरीको सम्झनामा आमाबाबुको रचनात्मक सहयोग

धरमपुर। झापाको शिवसताक्षीमा दिवंगत छोरी रन्जना खनालको जन्मजयन्तीको अवसर पारेर बुबा राधाकृष्ण खनाल र आमा सावित्राले समाजका विभिन्न व्यक्ति र समुहलाई रचनात्मक सहयोग गर्ने गरेका छन् ।

छोरीको अल्पायुमै स्वर्गबास भएपछि उनको सम्झनामा वर्षेनी विभिन्न कार्यक्रम गर्दे खनाल परिवारले रञ्जनाको जन्मजयन्ती मनाउने गरेका छन् । कहिले व्यक्तिलाई सहयोग हुन्छ भने कुनै वर्ष समुहलाई सहगोग गर्ने गरेको खनाल परिवारले जनाएको छ ।

झापा निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश क का सांसद राधाकृष्ण खनालले सडक दुर्घटनामा परेर मृत्यु भएकी छोरी रञ्जनाको स्मरणमा उनको जन्मदिनको अवसर पारेर विपन्न परिवारलाई सोमबार खाद्यान्न सामग्री प्रदान गरेका छन् । रञ्जनाको ०४९ साउन २८ जन्मदिन हो ।

स्थानीय वडा नम्बर १ की दुर्गा विश्वकर्माको परिवारलाई चामल, दाल, नुन तेल, साबुन लगायतका सामग्री प्रदान गरेर रञ्जनाको ३१ औ जन्मजयन्ती खनाल परिवारले मनाएको हो । विश्वकर्मा भूमिहीन हुन् । उनी आफ्नो परिवारसहित स्थानीय महाजनको घरमा आश्रय लिएर बसेका छन् । ‘छोरीको ईच्छा विपन्न र दिन दुखीलाई सेवा गर्ने हुन्थ्यो,’ रञ्जनाका बुवा खनालले भने, ‘ उनि जुन विषय र विधामा खुसि हुन्थिन त्यै काम गरिदिएर हामीले उनको जन्म दिन मनाउने गरेका छौ ।’

२०७६ साल जेठ २० गते शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत रञ्जना खनालको सडक दुर्घटनामा परेर मृत्यु भएको थियो । उनी आफ्नो नीजि सवारी को साधन स्कुटीमा कार्यालयतर्फ जाने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको यात्रुबहाक बसले ठक्कर दिँदा उनको घर नजिकैको धरमपुर चोकको घटनास्थलमै मृत्यु भएको थियो ।

यो घटना परिवारको कहिल्यै नमेटिने घाउ बनेर आएको राधाकृष्ण खनालले बताए । ‘यो भन्दा ठुलो र जसरी पनि सहनैपर्ने बज्रपात हाम्रो खनाल परिवारमा कहिल्यै परेको थिएन,’ खनालले भने बाचुञ्जेल कहिल्यै निको नहुने घाउ लाग्यो । विर्षनका लागि अनेकौ उपाय अपनाउँदा पनि नसकिने रहेछ ।’

खनाल परिवारले रञ्जनाको स्वर्गारोहण पछिको पहिलो जन्म दिन उनले अध्ययन गरेको भानु माध्यमिक विद्यालय पाराबारी का विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू प्रदान गरेर जन्मदिनको स्मरण गरेका थिए ।

दोस्रो वर्ष कोरोनाको महामारीका बेला शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखालाई स्वास्थ्य सामग्री प्रदान गरेरे खनाल परिवारले छोरीको जन्मदिनको स्मरण गरेको थियो । यस्तै तेस्रो वर्ष वडा नम्बर १ का विपन्न परिवारलाई खाद्यान्न तथा लत्ता कपडा प्रदान गरेर खनाल परिवारले दिवंगत छोरी रञ्जनाको जन्मदिन मनाएको थियो । चौथो वर्ष वडा नं ८ का पदमबहादुर निरौलाको उपचारमा सहयोग गर्ने हेतुले आर्थिक सहयोग गरेको सो परिवारले जनाएको छ ।

सोमबार शिवसताक्षी नगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा आयोजित एक कार्यक्रम मा खनाल परिवारले अति विपन्न विश्वकर्मा परिवारलाई खाद्यान्न लगायतका अन्य वस्तु प्रदान गरेको हो । कार्यक्रम वडा अध्यक्ष लक्ष्मी चेम्जोङको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali