Skip to main content

Purbi Garjan

बिर्तामोडमा महिलालाई घाइते बनाएर साढे ५ लाख बढीको चोरी

बिर्तामोड । बिर्तामोडमा चोरको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । बिर्तामोड नगरपालिका- ६ स्थित सुगम शान्ति टोलकी २० वर्षीया कृतिका अधिकारी घाइते भएकी छिन् ।

श्रीमान् विष्णुप्रसाद अधिकारी विदेशमा रहेको र गएराति घरको दोस्रो तलाको झ्यालबाट चोर पसेको थाहा पाएपछि उनले प्रतिकार गरेका थिइन् । सोही क्रममा उनको नाकमा सामान्य चोट लागि घाइते भई बेहोस भएकी थिइन् । घरमा एक वर्षीया छोरी नित्यनिसँगै सुतिरहेको अवस्थामा घरमा चोर पसेको उनले थाहा पाइन् ।

उनी बेहोस भएपछि चोरलेदराज फोडेर अन्दाजी तीन तोला सुन, एक तोला चाँदी, अन्दाजी लत्ताकपडा एक लाख रुपैयाँ बराबरको, झर्के थाल–१० थान, बटुका–५ थान, ओपो कम्पनीको मोबाइल–१ थान गरी अन्दाजी ५ लाख ७५ हजार रुपैयाँ बराबरको चोरी गरेर लगेको छ । यता चोरी भएको खबर बिहान थाहा पाए लगतै इलाका प्रहरी कार्यालय अनारमनिको टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ । घाइते अधिकारीलाई तत्काल उपचारको लागि बिर्तासिटि अस्पतालमा लगेको र सामान्य उपचारपछि घर फर्किसकेकी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali