Skip to main content

Purbi Garjan

मेचीनगर: ६ राजनीतिक दलद्वारा नगरपालिका विरुद्ध आन्दोलन गर्ने चेतावनी

मेचीनगर । मेचीनगर नगरपालिका नेतृत्वको कार्यशैली जनहितकारी नभएको भन्दै ६ दलले भदौबाट चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । नगर नेतृत्व स्वेच्छाचारिता ढंगले अघि बढेको भन्दै ६ दल आक्रोशित बनेको हो ।

केन्द्रीय सरकारमा एमालेसँगै रहेको नेपाली कांग्रेससहित ६ वटा राजनीति दलले मेचीनगरविरुद्ध चरणबद्ध आन्दोलन गर्ने भएका बुधबार धुलाबारीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । मेचीनगर नगरपालिकामा एमालेको दुई तिहाई बहुमत रहेको छ ।
गत साउन १८ गते नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना उप्रेतीलाई कार्यशैली सच्याउन माग गर्दै २१ बुँदे ज्ञापन पत्रमार्फत ६ वटा दलले ध्यानाकर्षण गराएका थिए । नगरका नेतृत्वले ६ दलले गराएको ध्यानाकर्षणको विषयमा कुनै प्रतिक्रिया नदिएको भन्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय लिएको कांग्रेसका महासमिति सदस्य तथा निवर्तमान मेयर बिमल आचार्यले बताए ।

नगरले विकास निर्माण लगायतका विकृति र भ्रष्टाचार तथा चरम अनियमितता भएको, राजनीति महत्वका योजना फेरबदल गरेको, जनप्रतिनिधि र कर्मचारीबीच प्रभावकारी समन्वय नहुँदा जनताले सास्ती भोग्नु परेको, पूर्व तयारीबिना नै लगाइएको ठेक्कापट्टामा अपारदर्शी लेनदेन भएको, नगर स्वास्थ्य अस्पताल, कृषि मण्डी, भ्यु–टावर, बहुजातीय सांस्कृतिक संग्रहालय लथालिंग र अलपत्र बनाएर राज्यको लगानीको दुरुपयोग गरेको, टोल विकास संस्था गठनदेखि उपभोक्ता समिति गठनमा अनियमितता भएको जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

नगरको नेतृत्वले गरेको भ्रष्टाचार नसुधारे आन्दोलनलाई निष्कर्षमा पुर्याउने माओवादी केन्द्रका क्षेत्रीय अध्यक्ष माधव अर्यालले बताए । ‘हाम्रो आन्दोलन जनताको हितका लागि हो,’ नेपाली कांग्रेसका क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले भने, ‘मेचीनगरमा एमालेको बहुमत रहेको छ । एमाले विरुद्धको आन्दोलन होइन । नगरमा मौलाएको बेतिथि, स्वेच्छाचारिता र भ्रष्टाचारको विरुद्धमा शान्तिपूर्ण आन्दोलन हो ।’

माओवादी केन्द्रका क्षेत्रीय अध्यक्ष माधव अर्यालले नगरको अहिलेको बजेट, विभिन्न योजनाहरू, कर्मचारीबीच विवाद, पटके सवारी कर, विकास निर्माण लगायतका कामहरूमा विभेद र समयमा सम्पन्न गर्न नसकेको बताए । माओवादी केन्द्रका नगर अध्यक्ष राजन चिमरियाले नगरवासीप्रति नगरपालिका निरीह भएकाले अन्तिम आन्दोलन हुनसक्ने चेतावनी दिए ।

मेचीनगरको छुट जग्गा वर्गीकरण प्रक्रियाले सर्वसाधारणले सास्ती भोग्दै आएकाले त्यसलाई छिटो–छरितो बनाउनुपर्ने, मेचीनगरले अनुगमन नगर्दा नियम मिचेर निन्दा खोलामा उत्खनन गरेकै कारण शिक्षक धनराज भण्डारीको डुवेर मृत्यु भएको बिषयलाई सत्यतथ्य बाहिर ल्याउनुपर्ने, मेचीनगर–४ का वडाध्यक्षले नगरपालिकामा भ्रष्टाचार बढेको भनी लगाएको आरोपको छानबिन गरी दोषीमाथी कार्बाही गर्नुपर्ने, नगरका गौरवका योजनाहरु तय गर्दा व्यापक छलफलपछि निर्णय गर्नुपर्नेमा गत आबमा कृषिमण्डीको रुपमा राखिएको जग्गालाई चालु आवमा खेल मैदानको व्यवस्था गरिएकोले त्यसलाई हेरफेर गरिनुपर्ने लगायतला २१ बुँदे ज्ञापन पत्र बुझाइएको थियो ।

पत्रकार सम्मेलनमा क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, माओबादी केन्द्रका तर्फबाट क्षेत्रीय सभापति माधव अर्याल, रास्वपाका तर्फबाट क्षेत्रीय अध्यक्ष भीमबहादुर कुँवर, राप्रपाका तर्फबाट क्षेत्रीय उपाध्यक्ष विश्वराज पोखरेल, एकीकृत समाजबादीका तर्फबाट विपी भट्टराई, जसपाका नगर अध्यक्ष ओमप्रकाश खापुङ लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

निशान निराैला इलाम । पर्यटकीय क्षेत्रका रूपमा चर्चित इलामको कन्याममा रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायले पर्याप्त...
ne_NPNepali