Skip to main content

Purbi Garjan

महिलालाई आत्मनिर्भर बनाउन वडाद्वारा सिलाइ – कटाई मेसिन वितरण

शिवगञ्ज। शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले वडाका उद्यमी महिलालाई आत्मनिर्भर बनाउन सिलाइ–कटाई (हेभी खुट्टे) मेसिन वितरण गरेको छ ।

वडाको सिलिङ बजेटमा समावेस भएको उद्यमी महिलाका लागि सिलाईकटाई मेसिन वितरण गरिएको वडा सदस्य नरेन्द्र बस्नेतले बताए । उनका अनुसार वडामा सिलाई कटाईको शिप भएर पनि बेरोजगार एवम उद्यमी बन्न चाहाने महिलालाई आत्म निर्भर बनाउनका लागि मेसिन प्रदान गरिएको हो ।

वडाले बिभिन्न कार्यक्रम ल्याएर एउटा समुहलाई ९ थान मेसिन प्रदान गरिएको वडा पालिकाले जनाएको छ । सो समुहमा २१ महिला आवद्ध छन । मेसिन पाएपछि वडाका महिला खुसि भएका छन् ।

वडाले यी महिलालाई पहिलो पटक १ लाख खर्च गरेर ९० दिनको सिलाई कटाई सम्बन्धि आधारभुत तहको तालिम प्रदान गरेको थियो । समुहकी कोषाध्यक्ष अनिता भट्टराईले भनिन् ‘त्यसपछि घरेलु तथा साना उद्योग कार्यालय झापाको आर्थिक सहयोग र वडा कार्यालयको समन्वयमा ९० दिनकै एड्भान्स लेवलको तालिम लियौ ।’ कोषाध्यक्षका भट्टराईका अनुसार तेश्रो पटक हामी २१ जनालाई वडाले पुन सात दिने उद्यमशिलता तालिम प्रदान गरेपछि अहिले हामी उद्यमी बनेका छौ ।

वडाको यो कार्यक्रमले महिलालाई व्यवसायीक रुपमा उद्यमी बन्न प्रेरित गरेको वडाकी सदस्य गोमा रिजालले बताइन् । ‘यो कार्यक्रम छोरी बुहारी लक्षित कार्यक्रम हो । शिप छ, तर उद्यम नहुने बुहारी र भोली विवाह गरेर घर जाने छोरीलाई पनि यो कार्यक्रमले व्यवसायीक बनाउने उनको तर्क छ ।

वडाले दिएको यो कार्यक्रममा आवद्ध महिला सबै डिजाइन्का कपडा सिलाउन सक्ने भएका छन् । स्थानिय शिवगञ्ज बजारमा वहालमा कोठा लिएर नियमित कपडा सिलाउने र अर्थोपार्जन गरिने समुहकी अध्यक्ष कविता बास्तोलाले बताइन् । ‘हामी पेन्ट, सर्ट, सुरुवाल, जामा, ब्लाउज, कुर्था, टप्स, लेङ्गा लगायत सिलाउन सक्ने भएका छौं ।

आमा, दिदी, वहिनीलाई व्यावसायिक र अत्मनिर्भर बनाउन हस्तकला, सिलाइ–कटाइ, ब्युटिपार्लरलगायत तालिम सञ्चालन गर्दै आएको वडा अध्यक्ष मनोज खुलाल कार्कीले बताए । उनले महिलालाई स्वरोजगार बनाउने उद्देश्यले वडामा संचालन भएका हरेक कार्यक्रममा प्रत्यक्ष सहभागि हुन आग्रह गरे । अध्यक्ष खुलालले भने,‘ वडाले दिएको शिप, उद्यम र सिलाइ–कटाई (हेभी खुट्टे) मेसिनको सदुपयोग गरेर आत्मनिर्भर बनिदिनुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali