Skip to main content

Purbi Garjan

पार्टी भित्रको द्वन्द जसले व्यवस्थापन गर्छ त्यही पार्टीको असल नेता- कार्की

शिवगञ्ज। नेकपा एमालेका केन्द्रीय सदस्य दीपक कार्कीले पार्टीभित्रको आन्तरिक द्वन्द व्यवस्थापन जसले गर्न सक्यो उ पार्टीको असली नेता हुने बताएका छन् ।

नेकपा एमाले शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण तथा हालै निर्वाचित वडा कमिटीका पदाधिकारीलाई प्रमाणपत्र प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा मन्तव्य राख्दै संविधानसभाका सदस्य समेत रहेका एमाले नेता कार्कीले पार्टीको कुरा चिया दोकान, होटल या कुनै अनौपचारिक कार्यक्रममा एकले अर्कालाई नराख्न अपिल गरे ।

उनले सम्बन्धित नेतृत्व वा व्यक्तिलाई आफ्नो समस्याका वा गुनासोको बारेमा सिधा कुरा राख्न अनुरोध गरे । उनले भने ’जनप्रतिनिधि, नेतृत्व वा पार्टीभित्रका नेता कार्यकर्ता ले एकले अर्कालाई आफूलाई परेको समस्या वा गुनासोको बारेमा सोझो कुरा गर्न सक्यो भने आन्तरिक द्वन्द स्वत व्यवस्थापन हुने बताए ।
नेतृत्व र पार्टी कार्यकर्ताबीच नङ र मासु जत्तिकै सुमधुर सम्बन्ध हुनुपर्ने एमाले नेता कार्कीले बताएका छन् । नेतृत्वको व्यवहार,रहन सहनले कार्यकर्ता वा पार्टीका संगठित सदस्य सँगको सम्बन्ध निर्क्योल गर्ने सकिने पनि उनले बताए ।

पार्टीले टिकट दिएर निर्वाचित भएका जनप्रतिनिधि र पार्टीका नेतृत्वसँगको सम्बन्ध पनि सुमधुर राख्नुपर्ने उनको जिकिर थियो। ’नेकपा एमालेमा मात्र होइन । सबै राजनीतिक दलको उद्देश्य जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध नङ र मासुको हुनुपर्छ,‘ नेता कार्कीले भने, ’जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर रहन सकेन भने यसले पार्टीलाई गहिरो क्षति पुर्‍याउनेछ ।’

राजनीतिक सम्बन्ध वडादेखि केन्द्रसम्म सुमधुर हुन नसके लाखेस तलाई म चुनावमा देखाइदिन्छु भन्दा भन्दै परिणाम नकारात्मक देखिने उनले बताए । यसले पार्टीलाई क्षति पुर्‍याउने उनले बताएका छन् ।

पार्टीमा आन्तरिक द्वन्द का कारण निषेधको राजनीति हुने गरेको पनि उनले बताए। ‘तैले मलाई त्यहाँ सहयोग गरिनस् ।पखलास तलाई म आउने चुनावमा ठेगाना लाउँछु भन्ने दम्बले सम्बन्धित वडा, नगर, प्रदेश र सङ्घीय संसदको निर्वाचनमा पार्टी सखाप हुने गरेको छ ,’ नेता कार्कीले भने कसैले सहिदियो भने दम्भ गर्नु हुन्न ।आउने निर्वाचनलाई त्यसले गम्भीर असर पार्छ ।’

केन्द्रीय सदस्य कार्कीले पार्टीभित्रको हरेक तहका नेता जनताका बीच लालगेडी हुनुपर्ने बताए । लालगेढी आँखामा हाल्दा जसरी भिजाउँदैन त्यसरी नै जनता र कार्यकर्ताका बीच पनि नेतृत्व बिझाउन नहुने उनले सुझाव दिएका छन् । केन्द्रीय सदस्य कार्कीले संसदीय विभाग, मर्यादाक्रम, जनप्रतिनिधि र नेतृत्वबीचको सम्बन्ध लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

यस्तै पार्टीका अर्का नेता राधाकृष्ण खनालले जनताको बहुदलीय जनवाद का विषयमा प्रशिक्षण दिएका थिए। कार्यक्रममा २०० भन्दा बढी नेता तथा कार्यकर्ताको सहभागिता थियो। पार्टीको वडा उपसचिव अम्बिका भण्डारीले स्वागत गरेको कार्यक्रम को नेकपा एमाले शिवशताक्षी नगर सचिव लक्ष्मी प्रसाद गुरागाईं ले औचित्यमाथि प्रकाश पारेका थिए।

पार्टी का वडा अध्यक्ष सुजन भेटवालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर ४ का संयोजक धनबहादुर थेवे, पार्टी जिल्ला सचिवालय सदस्य सिकिन् पासवान, जिल्ला सदस्य निशा लिम्बु, राष्ट्रिय युवा संघ झापाका संयोजक फुर्वा लामा, जिल्ला सदस्य कुलबहादुर बस्नेत, कमल लामिछाने, राजु श्रेष्ठ, गोमा रिजाल लगायतको सहभागिता थियो ।
पार्टीका पूर्व वडा सचिव लक्ष्मी कान्त कर्णले स्वागत गरेको कार्यक्रम स्थानीय गुरागाईं सामुदायिक भवनमा भएको थियो। शिवसताक्षी नगरपालिकामा नेकपा एमालेको स्थानीय नेतृत्व चयन भएपछिकाे यो पहिलो कार्यक्रम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali