Skip to main content

Purbi Garjan

छैटौं राष्ट्रिय एमेच्यूर बुद्धिचाल प्रतियोगिता भदौ ७ गतेदेखि काकडभिट्टामा हुँदै

मेचीनगर । झापाको मेचीनगरमा छैटौं राष्ट्रिय एमेच्यूर बुद्धिचाल प्रतियोगिता हुने भएको छ । आगामी भदौ ७ गतेदेखि १० गतेसम्म काँकरभिट्टामा हुने उक्त प्रतियोगितामा नेपाल भरीबाट विभिन्न जिल्लाका खेलाडीहरूको सहभागीता रहने छ ।

नेपाल राष्ट्रिय बुद्धिचाल महासंघको प्राविधिक सहयोग तथा नाइट चेस क्लब मेचीनगरको आयोजनामा काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा सञ्चालन हुने प्रतियोगिताको विजेता दुई जना २०२४ डिसेम्बर १३ देखि २२ तारिखसम्म दुवईमा हुने एशियन एमेच्यूर बुद्धिचाल प्रतियोगिता २०२४ का लागि नेपालको प्रतिनिधित्व गर्ने आयोजक नाइट चेस क्लबका अध्यक्ष विश्वविजेता घिमिरेले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन देशका ७७ वटै जिल्लाबाट सिनियर तथा जुनियर खेलाडीहरू नेपालीको सुदूर पुर्व काँकरभिट्टा आउने आयोजकको भनाइ छ ।

आयोजकले आज पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको बारेमा जानकारी दिदै २००० देखि १७०० तथा १७०० मुनि गरेर दुई विधामा प्रतियोगिता सञ्चालन हुने जनाएको छ । उक्त दुई विधाका विजेताले समान नगद ५० हजार सहित ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी क्रमश दोस्रो र तेस्रो हुने दुवै विधाका खेलाडीले नगद २५ हजार र १५ हजार प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगिता चौथो, पाँचौ, छैटौं र सातौं हुने खेलाडीले क्रमश नगद १२ हजार, १० हजार, ८ हजार र ६ हजार प्राप्त गर्नेछन् भने आठौं नवौं र दसौं हुने खेलाडीले समान ५/५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको संरक्षक मेचीनगर नगरपालिका रहेको छ भने, प्रमुख प्रायोजकमा पशुपति बोर्डिङ स्कुल रहेको छ । पशुपतिले प्रतियोगिताको प्रथम पुरस्कार राशि नगद उपलब्ध गराएको छ ।

क्लबका अध्यक्ष घिमिरेको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष राजु पौडेलले गरेका थिए ।

कार्यक्रममा क्लबका पुर्व अध्यक्ष बालजित राई, शेरबहादुर बस्नेत (सुन्दर), कोषाध्यक्ष बाबुराम बिष्ट, सदस्य कर्ण थापामगर, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष तथा अग्रज पत्रकार मुक्ति पौडेल, प्रेस क्लबका अध्यक्ष डम्बर बराललगायतकाे आतिथ्य रहेको थियो ।

आयोजक क्लबका महासचिव राजेश राउतले सञ्चालन गरेको उक्त कार्यक्रममा मेचीनगरका सक्रिय पत्रकारहरूको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali