Skip to main content

Purbi Garjan

देवकोटा परिवारको सहयोगमा बन्यो जेसीज धारा, अध्यक्ष कार्कीद्वारा उद्घाटन

बाहुण्डाँगी । झापाको मेचीनगर नगरपालिका – ४ स्थित बाहुण्डाँगीमा जेसीज धारा उद्घाटन गरिएको छ । स्व टंकबहादुर देवकोटाको स्मृतिमा बाहुनडाँगी जेसीजको समन्वय तथा उनको परिवारको आर्थिक सहयोगमा निर्मित जेसीज धाराको आज सोमबार उद्घाटन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर -४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीले धारामा पानी खोलेर उद्घाटन गरेका थिए भने कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भिमबहादुर कुँवर, दाता परिवार , स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियोे ।

सार्वजनिक उपयोगका लागि स्व. देवकोटाको स्मृतिमा श्रीमती नर्वदा देवकोटा, छोरा बुहारीहरु सुरज, अनिसा, खेम, कला देवकोटा तथा देवकोटा परिवारले धारा निर्माण गर्न आर्थिक सहयोग गरेका थिए । सो अवसरमा पारिवारिक सदस्यहरु गंगा देवकोटा, छोरी बिमला देवकोटालगायत सहभागी थिए ।

स्व. देवकोटाको स्मृतिमा परिवारका तर्फबाट मेचीनगरका विभिन्न वडामा यसअघि ४ वटा धारा निर्माण गरिसकिएको परिवारले जानकारी दिएको छ ।

बाहुण्डाँगी जेसीजले यो वर्ष हालसम्ममा ४३ वटा कार्यक्रम सम्पन्न गरेको कार्यक्रम संयोजक सामुल रायले बताए । कार्यक्रममा साना किसान सहकारी संस्था बाहुण्डाँगीका अध्यक्ष पोषककुमार दर्जी, नेकपा एमाले वडा कमिटी अध्यक्ष तिर्थ नेपाल, पूर्व अध्यक्ष बद्री निरौला, पत्रकार ज्ञानेन्द्र निरौला, नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष कुवँर, वडाध्यक्ष कार्कीलगायतले मन्तब्य राख्दै धारा निर्माण गर्न परिवारले गरेको लगानी तथा बाहुण्डाँगी जेसीजको समन्वयका लागि आभार प्रकट गरेका थिए ।

बाहुण्डाँगी जेसीज वर्ष २०२४ का अध्यक्ष देवु बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत बाहुण्डाँगी जेसीजका कार्यक्रम संयोजक राय, आस्था वाचन कार्यकारिणी उपाध्यक्ष शुष्मा मिश्र तथा संचालन महासचिव कौशल उप्रेतीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali