Skip to main content

Purbi Garjan

मेचीनगरले सञ्चालनमा ल्यायो नगर आधारभूत अस्पताल

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगरबासीको स्वास्थ्य सुरक्षामा चासो राख्दै स्वास्थ्य सेवा विस्तारलाई तिब्रता दिइरहेको छ ।
नगरको पन्द्रवटै वडामा यस अघि नै प्राथमिक स्वास्थ्य सेवा केन्द्र मार्फत वडाबासीलाई वडामा स्वास्थ्य सेवा पुर्याइरहेको  नगरपालिकाले आजदेखि धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई थप सेवा सुविधा सहित स्तरवृद्वि गरी नगर आधारभूत अस्पतालको रूपमा सञ्चालनमा ल्याएको हो ।
मेचीनगर – १० स्थित धुलाबारी मोडमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई थप बिशेषज्ञ डाक्टरसहित नगर आधारभूत अस्पतालको रूपमा सञ्चालन गरिएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।
स्वास्थ्य क्षेत्रमा आम नागरिकको पहुँच सहज रूपमा पुर्याउने उदेश्यले नगरपालिका लागि रहेको बताउँदै उनले भने ४ जना एमबिबिएस डाक्टरसहित सेवा सञ्चालन गरिएको उक्त अस्पतालबाट अब नगरका सबै नागरिकले सहज रूपमा स्वास्थ्य सेवा लिन सक्ने छन् ।
मानिसको स्वास्थ्य एकदमै संवेदनशील बिषय हो । समयमा उपचार नपाउँदा नागरिकको ज्यान तलमाथि हुन सक्ने भएको हुँदा नगरपालिकाले सबैको सहज पहुँचको लागि धुलाबारीमा बिशेषज्ञ डाक्टरहरूबाट इमर्जेन्सी सेवासहितको   स्वास्थ्य सेवा सञ्चालन गरिएको उपप्रमुख मीना पोख्रेल उप्रेतीको भनाइ छ ।
यसअघि एक जना मेडिकल अधिकृत (एमबिबिएस) सहित प्रसुती सेवा, भिडियो एक्सरेलगायतका स्वास्थ्य सेवा प्रदान  भइरहेको धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई आजबाट थप सुविधा सहित नगर आधारभूत अस्पतालको रूपमा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी बताउँछन् ।
नगर अस्पताल सञ्चालन हुनु नगरबासीको लागि एकदमै खुशिको कुरा हो । यसलाई सफल बनाउन नगरपालिकाका जनप्रतिनिधिसंगै स्वास्थ्यकर्मी, कर्मचारी र आम नागरिक सबै आफ्नोतर्फबाट लाग्नुपर्ने बताए । साथै उनले अहिले सुरूवाती चरण भएकाले नगर अस्पतालमा सुविधा पर्याप्त नहुन सक्छ त्यसलाई क्रमश विस्तार गरिदै लैजाने बताए ।
नगर आधारभूत अस्पताल धुलाबारीमा अब ४ जना एमबिबिएस डाक्टर सहित इमर्जेन्सी सेवा, चौबीसै घण्टा  प्रसुती सेवा, भिडियो एक्सरे सेवा, इसीजी सेवासंगै आफ्नै  फार्मेसी सेवा समेत उपलब्ध हुने छ ।
विधिवत् रूपमा थप सेवा सुविधा सहित आजबाट सुरू भएको नगर आधारभूत अस्पतालको उद्घाटन कार्यक्रममा नगर प्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अधिकारी, कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक हृदय राजवंशी, बरिष्ट प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती, स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा, मेचीनगर १० का वडाध्यक्ष नारायण खनाल, कार्यपालिका सदस्य रिता परियारलगायत स्वास्थ्यकर्मीहरूको सहभागीता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

निशान निराैला इलाम । पर्यटकीय क्षेत्रका रूपमा चर्चित इलामको कन्याममा रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायले पर्याप्त...
ne_NPNepali