Skip to main content

Purbi Garjan

मानव अधिकार सञ्जालका अध्यक्ष खनाललाई विप्लव नेकपाद्वारा कारबाहीको चेतावनी

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विद्यार्थी संगठन अखिल (समाजवादी) झापाले मानव अधिकार सञ्जाल झापाका अध्यक्ष रुपक खनाललाई कारबाहीको चेतावनी दिएको छ। आज ‘चन्दा आतंक बिरुद्ध कारवाहिको माग’ शिर्षकमा विभित्र सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि उक्त कुराको खण्डन गर्दै गंभिर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीका झापा सचिव सञ्जय सी र विद्यार्थी संगठन का झापा इन्चार्ज विनोद सीले प्रेस वक्तव्य जारी गर्दै मानवअधिकार संजाल झापाका अध्यक्ष डा. रुपक खनालको बिज्ञप्ति र प्रकाशित समाचारको खण्डन गरेका छन्। पार्टी र विद्यार्थी संगठन विरुद्ध भ्रम फैलाउने षड्यन्त्र गर्ने ,युवा विद्यार्थीको अभियान रोक्ने र कारबाहीको माग गर्ने कार्य गरेको भन्दै डाक्टर खनाललाई चेतावनी दिएका हुन्।

नेकपाले यस्ता लज्जास्पद हर्कत रोकेर माफी नमागे अधिकारकर्मीको कथित आवरण उतारेर असली अनुहार जनतामा देखाइदिने समेत चेतावनी दिएको छ।

झापामा बिद्यार्थी संगठन ‘शिक्षालय सुधार अभियान’ संचालन गरेर हरेक बिद्यार्थीमा पुग्दै गरेको र बिद्यार्थीको अधिकारको बिसयमा संघर्ष गर्दै गरेको विज्ञप्तिमा उल्लेख छ।

पार्टीले रास्ट्रघात र जनघात बिरुद्ध बलिदानी पुर्ण संघर्ष गर्दै गरेको अवगत गराएको छ । भर्खरै पनि झापामा बिद्यार्थी माथी निर्घात कुटपिट, बलात्कार लगायत जनताकै जीवनको दर्दानाक समाचार हरु आइरहेको विषयमा नबोल्ने डा. रुपक खनाल जब जब युवा बिद्यार्थी जनतामा जान्छन तब त्यसका विरुद्ध बोल्ने गरेको र उनी परिचालित भएको समेत विज्ञप्तिमा उल्लेख छ। नेपाल कम्युनिस्ट पार्टी झापाद्वारा जारी विज्ञप्ति

विद्यार्थी संगठनद्वारा जारी विज्ञप्ति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali