Skip to main content

Purbi Garjan

छैटौं राष्ट्रिय एमेच्यूर बुद्धिचाल प्रतियोगिता आजबाट शुरु

झापा । छैटौं राष्ट्रिय एमेच्यूर बुद्धिचाल प्रतियोगिता झापाको मेचीनगरमा आजबाट सुरू भएको छ । भदौ १० गतेसम्म काँकरभिट्टामा हुने उक्त प्रतियोगितामा नेपाल भरीबाट खेलाडीहरूको सहभागीता रहने छ ।

नेपाल राष्ट्रिय बुद्धिचाल महासंघको प्राविधिक सहयोग तथा नाइट चेस क्लब मेचीनगरको आयोजनामा काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा सञ्चालन भएको प्रतियोगिताको विजेता दुई जना खेलाडीले २०२४ डिसेम्बर १३ देखि २२ तारिखसम्म दुवईमा हुने एशियन एमेच्यूर बुद्धिचाल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छन् ।

प्रतियोगितामा सहभागी हुन ७७ वटै जिल्लाबाट सिनियर तथा जुनियर १ सयबढी खेलाडीहरू नेपालीको सुदूर पुर्व काँकरभिट्टा आएको आयोजकले जनाएको छ ।

२००० देखि १७०० तथा १७०० मुनि गरेर दुई विधामा प्रतियोगिता प्रतिष्पर्धा गरिने छ । उक्त दुई विधाका विजेताले समान नगद ५० हजार सहित ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी क्रमश दोस्रो र तेस्रो हुने दुवै विधाका खेलाडीले नगद २५ हजार र १५ हजार प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगिता चौथो, पाँचौ, छैटौं र सातौं हुने खेलाडीले क्रमश नगद १२ हजार, १० हजार, ८ हजार र ६ हजार प्राप्त गर्नेछन् भने आठौं नवौं र दसौं हुने खेलाडीले समान ५÷५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको संरक्षक मेचीनगर नगरपालिका रहेको छ भने, प्रमुख प्रायोजकमा पशुपति बोर्डिङ स्कुल रहेको छ । पशुपतिले प्रतियोगिताको प्रथम पुरस्कार राशि नगद उपलब्ध गराएको छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, पूर्व नगरप्रमुख विमल आचार्य, नेपाल राष्ट्रिय बुद्धिचाल महासंघ कोशी प्रदेश सदस्य रामकुमार मादेम, एमाले कोशी प्रदेश कमिटि सदस्य देवकुमार राईलगायतका अतिथिले शुभकामना मन्तव्य राखेका थिए ।

नाइट चेस क्लबका अध्यक्ष विश्वविजेता घिमिरेको अध्यक्षता आयोजित औपचारिक कार्यक्रममा नाइट चेस क्लबका पुर्व अध्यक्ष तथा नेकपा एमाले मेचीनगर कमिटी अध्यक्ष राजु कार्की, नेपाली काँग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, नगर सभापति सुदय पनेरू, मेचीनगर खेलकुद विकास समिति उपाध्यक्ष रविन ओझा, नाइट चेस क्लबका पुर्व अध्यक्ष सुन्दर बस्नेत, प्राज्ञ सुभद्रा अर्याल, काँकडभिट्टा खानेपानी सरसफाइ तथा उपभोक्ता समिति अध्यक्ष रोहितकुमार बुढाथोकी, मेची सामुदायिक सेवा केन्द्र अध्यक्ष मुक्ती पौडेल, बुद्धिचाल खेलका राष्ट्रिय खेलाडी राजन सुवेदीलगायतको आतिथ्यता रहेको थियो ।

क्लबका प्रथम उपाध्यक्ष राजु पौडेलले स्वागत गरेको कार्यक्रम सञ्चालन महासचिव राजेश राउतले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali