Skip to main content

Purbi Garjan

छैटौं राष्ट्रिय एमेच्यूर बुद्धिचाल प्रतियोगिता: दोस्रो दिनको खेल सम्पन्न

झापा । काँकरभिट्टामा जारी छैटौं राष्ट्रिय एमेच्यूर बुद्धिचाल प्रतियोगिता अन्तर्गत दोस्रो दिनको खेल सम्पन्न भएको छ । २००० भन्दा कम १७०० सम्म रेटिङ ´ए` तथा १७०० भन्दा कम रेटिङ ´बि` गरी दुई विधामा शुक्रबारदेखि प्रतिष्पर्धा भइरहेको उक्त प्रतियोगिताको आज दोस्रो दिनको खेल सम्पन्न भएको हो ।

आज सम्पन्न खेलमा ए तर्फका तीन तथा बि तर्फका चार खेल भएको आयोजक नाइट चेस क्लब मेचीनगरका महासचिव राजेश राउतले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा नेपाल भरीबाट १० बर्षदेखि ७४ बर्षसम्मका सिनियर तथा जुनियर खेलाडीहरूको सहभागीता रहेको छ ।

नेपाल राष्ट्रिय बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा भदौं १० गतेसम्म सञ्चालित प्रतियोगिताको विजेता दुई जना खेलाडीले २०२४ डिसेम्बर १३ देखि २२ तारिखसम्म दुवईमा हुने एशियन एमेच्यूर बुद्धिचाल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने नाइट चेस क्लबका अध्यक्ष विश्वविजेता घिमिरेले जानकारी दिए ।

प्रतियोगितामा ए र बि दुई विधाका विजेताले समान नगद ५० हजार सहित ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी क्रमश दोस्रो र तेस्रो हुने दुवै विधाका खेलाडीले नगद २५ हजार र १५ हजार प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगिता चौथो, पाँचौ, छैटौं र सातौं हुने खेलाडीले क्रमश नगद १२ हजार, १० हजार, ८ हजार र ६ हजार प्राप्त गर्नेछन् भने आठौं नवौं र दसौं हुने खेलाडीले समान ५/५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको संरक्षक मेचीनगर नगरपालिका रहेको छ । त्यस्तै प्रमुख प्रायोजकमा पशुपति बोर्डिङ स्कुल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali