Skip to main content

Purbi Garjan

छैटौं राष्ट्रिय एमेच्यूर बुद्धिचाल प्रतियोगिता: दोस्रो दिनको खेल सम्पन्न

झापा । काँकरभिट्टामा जारी छैटौं राष्ट्रिय एमेच्यूर बुद्धिचाल प्रतियोगिता अन्तर्गत दोस्रो दिनको खेल सम्पन्न भएको छ । २००० भन्दा कम १७०० सम्म रेटिङ ´ए` तथा १७०० भन्दा कम रेटिङ ´बि` गरी दुई विधामा शुक्रबारदेखि प्रतिष्पर्धा भइरहेको उक्त प्रतियोगिताको आज दोस्रो दिनको खेल सम्पन्न भएको हो ।

आज सम्पन्न खेलमा ए तर्फका तीन तथा बि तर्फका चार खेल भएको आयोजक नाइट चेस क्लब मेचीनगरका महासचिव राजेश राउतले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा नेपाल भरीबाट १० बर्षदेखि ७४ बर्षसम्मका सिनियर तथा जुनियर खेलाडीहरूको सहभागीता रहेको छ ।

नेपाल राष्ट्रिय बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा भदौं १० गतेसम्म सञ्चालित प्रतियोगिताको विजेता दुई जना खेलाडीले २०२४ डिसेम्बर १३ देखि २२ तारिखसम्म दुवईमा हुने एशियन एमेच्यूर बुद्धिचाल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने नाइट चेस क्लबका अध्यक्ष विश्वविजेता घिमिरेले जानकारी दिए ।

प्रतियोगितामा ए र बि दुई विधाका विजेताले समान नगद ५० हजार सहित ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी क्रमश दोस्रो र तेस्रो हुने दुवै विधाका खेलाडीले नगद २५ हजार र १५ हजार प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगिता चौथो, पाँचौ, छैटौं र सातौं हुने खेलाडीले क्रमश नगद १२ हजार, १० हजार, ८ हजार र ६ हजार प्राप्त गर्नेछन् भने आठौं नवौं र दसौं हुने खेलाडीले समान ५/५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको संरक्षक मेचीनगर नगरपालिका रहेको छ । त्यस्तै प्रमुख प्रायोजकमा पशुपति बोर्डिङ स्कुल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali