Skip to main content

Purbi Garjan

किशोरीमाथि सामुहिक बलात्कार : कारबाहीको माग गर्दै अखिल (समाजवादी) को प्रदर्शन

झापा । झापाको अर्जुनधारा नगरपालिका १० घर भएकी १६ वर्षीय बालिका लाई ७ जना पुरुषले सामूहिक बलात्कार गरेको दर्दनाक घटना सार्वजानिक भएसंगै नेकपा निकट अखिल (समाजवादी ) झापाले पीडकलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेको छ।

बलात्कार भएको ५ दिन बितिसक्दा पनि प्रशासनले दोषीलाई कारवाही गर्न ढिलासुस्ती गरेको भन्दै पीडितको पक्षमा विप्लव निकट अखिल (समाजवादी) झापाले शनिश्चरे चोकमा व्यापक प्रदर्शन गरेको हो ।

देशै भरि दिनदिनै महिला हिंसा बढेपनि प्रशासनले त्यसतर्फ ध्यान नदिएको भन्दै संगठनले विरोध प्रदर्शन गरेको अखिल समाजवादी झापाका इन्चार्ज विनोद सी ले जानकारी दिए।

हिंसाको सिकार सँधै विद्यार्थी हुने गरेको कारण महिला विद्यार्थी लाई अन्याय हुँदा विद्यार्थी संगठनहरू चुप लागेर बस्न नसक्ने र कुनै पनि आवरणमा दोषीलाई उन्मुक्ति दिन खोजे न्यायको निमित्त आफूहरु कठोर संघर्षमा उत्रन सक्ने समेत उनले बताए। उनले भने, – “वर्षौँ बितिसक्दा पनि निर्मला पन्त र भागरथी भट्टले न्याय पाएको छैन। यति सरकार नै अपराधको संरक्षक हो भने सरकार नै बदल्ने गरि जनता जाग्नुपर्छ।”

  • विरोध प्रदर्शन कार्यक्रममा बोल्दै संगठनका झापा अध्यक्ष डिपी सी, संगठनका महिला नेतृ अंकिता सी र पार्टिका प्रदेश सदस्य अर्जुन सी सहितले तत्काल कारवाही गर्न माग गरेको छन्।

विरोध प्रदर्शनीमा पीडकलाई कारबाहीको माग गर्दै विभिन्न प्लेकार्डहरु समेत प्रदर्शन गरिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali