Skip to main content

Purbi Garjan

नेपालमा अमेरिकी षड्यन्त्र विरुद्ध नेकपाले बन्दुक उठाउन सक्छ- सुमनसिंह

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सी ले नेपालमाथिको अमेरिकी हस्तक्षेप स्विकार्य नहुने भन्दै जबर्जस्ती गरे नेकपाले बन्दुक उठाउने चेतावनी दिएका छन्।

आज झापाको दमकमा आयोजित हस्तक्षेपकारी अमेरिकन चलखेल विरुद्धको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

पछिल्लो समय अमेरिकाले नेपालको सदनबाट एमसिसी पास गराएको र अहिले एसपिपी परियोजना पास गराएर नेपालमा प्रत्यक्ष रुपमा हस्तक्षेप जमाउन षड्यन्त्र बुनिरहेको उनलेे आरोप लगाएका छन्।

केपी ओली नेतृत्वको सरकारले षड्यन्त्र गरेर अमेरिकी परियोजना एसपिपी पास गराए ओलीलाई झापा आउन नदिने र नेपाली जनताले सडकमा घिसार्दै देशबाटै लखेट्ने समेत नेता सुमनसिंहले चेतावनी दिएका छन्।

केही समय अगाडि अमेरिकी सेनाको जेट बिमानले काठमाडौमा थुप्रै सामान झारिसकेको र त्यो सामान विमानस्थलमा सामान्य चेकजाँच समेत नगरिकन दुतावासमा पुर्‍याउने काम भएकोले त्यो हतियार समेत हुनसक्ने उनले बताएका छन्।

यतिबेला देश गम्भीर परिस्थितिमा गुज्रिएको र देशीविदेशी षड्यन्त्रका विरुद्ध लड्न सबै देशभक्त , समाजवादी , बौद्धिक शक्तिहरु एकै ठाउँमा उभिनुपर्ने उनले बताए ।
पूरा भिडियो : https://youtu.be/_XZgFFot5po?si=43ATo3o_ktXBSAeg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali