Skip to main content

Purbi Garjan

मेचीनगरमा जिल्लास्तरीय फुटबल प्रतियोगिता असोज १२ गतेदेखि हुँदै

मेचीनगर। झापाको मेचीनगर-८ स्थित “इटाभट्टा फुटबल क्लब”ले प्रथम इटाभट्टा नकआउट जिल्लास्तरीय फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

स्थानीय युवाहरुको चौतर्फी खेलकुद विकासलाई मध्यनजर गर्दै आगामी असोज १२ गतेदेखि १९ गतेसम्म “प्रथम इटाभट्टा नकआउट जिल्ला स्तरीय फुटबल प्रतियोगिता”’ गर्ने भएको आयोजकले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

आयोजकको एक टिमसहित जिल्लाका बिभिन्न ८ चर्चित क्लबहरू बिच प्रतियोगितामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको सबै प्रक्रिया पूरा गरीसकेको आयोजक इटाभट्टा फुटबल क्लबका अध्यक्ष मनकुमार लिम्बुले जानकारी दिए । उनका अनुसार १५ लाख खर्च अनुमान गरिएको उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ र दोस्रो हुनेलाई ५१ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफि तथा प्रमाणपत्र वितरण गरिनेछ ।

प्रतियोगितामा मेचीनगर-८ वडा कार्यालय सह-आयोजक रहेको छ । मेचीनगर-८ का अध्यक्ष गिरिराज धमलाले युवाको चेतनाको विकाससंगै शारीरिक र बौद्धिक विकासका लागि पहिलो पटक जिल्लास्तरीय फुटबल प्रतियोगिता गर्न लागिएको बताए ।

केही दिन अघि दर्ता प्रक्रिया पूरा गरी प्रतियोगिताको तयारी गरेकाले स्थानीय उद्योगी-ब्यवसायी एवम् संघसंस्थाबाट आर्थिक सहयोगको अपेक्षा गरिएको मेचीनगर ८ का वडा सदस्य एबम् खेलकुद संयोजक बिष्णु भट्टराईले जानकारी दिए । उनले यस प्रतियोगिता सम्पन्न गर्न वडा कार्यालयले पनि आवश्यक बजेट बिनियोजन गर्ने बताए ।

प्रतियोगिता मेचीनगर-८ स्थित वन बाटीकामा सञ्चालन हुने जनाइएको छ । आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा क्लबका अध्यक्ष, मेचीनगर ८ का वडाध्यक्ष, वडासदस्य, प्रेस क्लब मेचीनगर अध्यक्ष डम्बर बराल, आयोजक क्लबका उपाध्यक्ष रमेश धिमाललगायत मेचीनगरका सक्रिय सञ्चारकर्मी तथा आयोजक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो । पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन सचिव रामकुमार गिरीले गरेका थिए ।

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali