Skip to main content

Purbi Garjan

कोशीका पूर्वमुख्यमन्त्री कार्की अनशनस्थलबाटै पक्राउ, बिराटनगर तनावग्रस्त

बिराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले अनशनस्थलबाटै पक्राउ गरेपछि बिराटनगर तनावग्रस्त बनेको छ। सुरक्षाकर्मी र केदार कार्की समर्थकबीच दोहोरो झडप भएपछि अवस्था तनावग्रस्त बनेको हो ।

झडपपछि कार्की र उनका केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकाहरुको संख्या यकिन छैन। झडपमा परेर केही अनशनकारी र प्रहरी घाइते भएका छन्। घाइतेहरुको संख्या पनि यकिन छैन। झडपका कारण प्रदेशसभा भवननजिकको अनशनस्थल तनावग्रस्त बनेको छ।

१० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब जेहेनदार विद्यार्थीलाई दिइने छात्रवृत्ति हटाएको आदि विषयमा विरोध जनाउँदै पूर्वमुख्यमन्त्री कार्कीले आमरण अनशनमा बसेका थिए । उनले विराटनगरस्थित कोसी प्रदेशसभा सचिवालय पूर्वपट्टिको वनसखण्डी मन्दिरअगाडि आमरण अनशनमा बसेका थिए । पूर्वमुख्यमन्त्री अनसन बसेको क्षेत्र निषेधित क्षेत्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali