Skip to main content

Purbi Garjan

सिद्धार्थ बैंकद्वारा बलभद्र आधारभूत विद्यालयलाई कम्प्युटर हस्तान्तरण

मेचीनगर। सिद्धार्थ बैंक काँकरभिट्टा शाखाले आफ्नो वार्षिक सामाजिक उत्तरदायित्व अन्तर्गत मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयलाई दुई थान कम्प्युटर प्रदान गरेको छ। विद्यालयमा मंगलबार आयोजित एक विशेष समारोहकाबीच कम्प्युटर हस्तान्तरण गरिएको हो।

सिद्धार्थ बैंकका कर्मचारी तथा मेचीनगर–३ निवासी राजकुमार थापाको विशेष पहलमा विद्यालयले कम्प्युटर प्राप्त गरेको हो। थापाको यस महत्वपूर्ण योगदानले विद्यालयका विद्यार्थीहरूलाई प्रविधिसँग नजिक आउने अवसर प्रदान गर्ने विश्वास गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाको सभापतित्वमा सिद्धार्थ बैंकको कोशी प्रदेशीय कार्यालय बिर्तामोडका प्रमुख सुभाष श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै, बैंकका काँकरभिट्टा शाखा प्रमुख सुमेश देवकोटा, कर्जा अधिकृत सरोज अधिकारी, सहायक अधिकृत राजकुमार थापा, विद्यालयका पूर्व अध्यक्ष राजेन्द्र थापा, शिक्षक हरिप्रसाद चापागाईलगायतको उल्लेखनीय उपस्थिति थियो।

समारोहलाई विद्यालयका प्रधानाध्यापक निरज पोखरेलले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक देबु बानियाँले गरेका थिए।

यस किसिमको सहयोगले प्रविधिको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रका विद्यालयहरूमा डिजिटल शिक्षाको विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali