Purbi Garjan

दिन: २०८१ आश्विन ८, मंगलवार

युवा संगठन झापाका अध्यक्षलाई पितृ शोक, नेकपाद्वारा शोक वक्तव्य जारी

युवा संगठन झापाका अध्यक्षलाई पितृ शोक, नेकपाद्वारा शोक वक्तव्य जारी

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला समिति सदस्य तथा युवा संगठन नेपालको झापा जिल्ला अध्यक्ष मुकेश सी को बुवाको निधन प्रति दुख व्यक्त गर्दै नेकपा झापाले शोक वक्तव्य जारी गरेको छ। बिर्तामोड नगरपालिका वार्ड नं.४ निवासी मुकेश सीको आदरणीय बुवा महेन्द्र शाहको असोज ०७ गते उचारको क्रममा मृत्यु भएको खबरले सिंगो पार्टी पंक्ति स्तब्ध भएको वक्तव्यमा उल्लेख छ। नेकपाले बुवा महेन्द्र शाह प्रति भावपुर्ण श्रद्धाञ्जली प्रकट गर्दै मुकेश सी लगायत परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।
Read More
सिद्धार्थ बैंकद्वारा बलभद्र आधारभूत विद्यालयलाई कम्प्युटर हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा बलभद्र आधारभूत विद्यालयलाई कम्प्युटर हस्तान्तरण

मेचीनगर। सिद्धार्थ बैंक काँकरभिट्टा शाखाले आफ्नो वार्षिक सामाजिक उत्तरदायित्व अन्तर्गत मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयलाई दुई थान कम्प्युटर प्रदान गरेको छ। विद्यालयमा मंगलबार आयोजित एक विशेष समारोहकाबीच कम्प्युटर हस्तान्तरण गरिएको हो। सिद्धार्थ बैंकका कर्मचारी तथा मेचीनगर–३ निवासी राजकुमार थापाको विशेष पहलमा विद्यालयले कम्प्युटर प्राप्त गरेको हो। थापाको यस महत्वपूर्ण योगदानले विद्यालयका विद्यार्थीहरूलाई प्रविधिसँग नजिक आउने अवसर प्रदान गर्ने विश्वास गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाको सभापतित्वमा सिद्धार्थ बैंकको कोशी प्रदेशीय कार्यालय बिर्तामोडका प्रमुख सुभाष श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै, बैंकका काँकरभिट्टा शाखा प्रमुख सुमेश देवकोटा, कर्जा अधिकृत सरोज अधिकारी, सहायक अधिकृत राजकुमार थापा,…
Read More
घुस सहित बुद्धशान्ति- २ का वडाध्यक्ष ओली विप्लवका कार्यकर्ताको फन्दामा

घुस सहित बुद्धशान्ति- २ का वडाध्यक्ष ओली विप्लवका कार्यकर्ताको फन्दामा

विर्तामोड । झापाको बुद्धशान्ति २ का वडा अध्यक्ष डिल्ली प्रसाद ओली ८० हजार रुपैयाँ घुस लिँदालिदै रङ्गेहात पक्राउ परेका छन् । उनलाई आज मंगलबार विर्तामोड स्थित हनुमान सेन्ट्रलबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले पत्रकारहरु सहितको सहयोगमा नियन्त्रणमा लिएका हुन् । भारतको सिलिगुडी निवासी अमरनाथ चौहानबाट जग्गा मिलाइदिने नाममा रकम लिँदालिदै वडाध्यक्षलाई नियन्त्रणमा लिई विप्लवका नेताकार्यकर्ताले विर्तामोड प्रहरीलाई बुझाएका छन्। भारतीय नागरिकले जग्गा सम्बन्धी कारोवारमा वडाध्यक्षलाई रकम बुकाएका हुन् । वडाध्यक्षले रकम नदिए काम रोक्ने भनेपछि उनले विर्तामोड‌मा आएर पैसा बुझाएका हुन् । बुझाउने र लिने दुवै जनालाई अहिले इप्रका अनारमनीमा राखिएको डिएसपी प्रकाश विष्टले जानकारी दिए । उनका अनुसार…
Read More
ne_NPNepali