Purbi Garjan

झापामा अवैध नेटवर्किङबाट ठगिँदै सर्वसाधारण, स्थानीय प्रशासन बेखबर

झापा । प्रशासनको अनुमति बिना नै चिठ्ठा मार्फत ब्राभो नामक टेलिभिजन सेट बिक्री गर्दै आएको मेची कमर्स एण्ड ट्रेड प्रालिले कानुनले वर्जित गरेको पिरामिड शैलिमा नेटवर्किङ ब्यवसाय संचालन गरी सर्बसाधारणको करोडौं रुपैयाँ रकम ठगी गरिरहेको खुलासा भएको छ ।

उक्त प्रालिले चिठ्ठामार्फत किस्तामा सर्वसाधारणलाई टेलिभिजन सेट बिक्री गर्ने भन्दै ठगी गरिरहेको भएपनि स्थानिय प्रशासन बेखबर र मौन रहेको छ । ब्राभो नामक टेलिभिजन सेट बिक्री गर्न पिरामिड शैलिमा ग्राहक बनाई पुर्वको झापा सहित पहाडी जिल्लाहरुमा सातहजार सर्वसाधारणबाट मासिक रुपमा करोडौ रकम ठगी हुँदै आएको पाईएको हो ।

झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा कार्यालय रहेको मेची कमर्स एण्ड ट्रेड प्रालिले कानुनले प्रतिबन्ध लगाएको पिरामिड शैलीको नेटवर्किङ ब्यवसाय संचालन गरी बिना स्विकृती चिठ्ठा मार्फत ठगी गर्दै आएको पाईएको छ ।

कम्पनीले ब्राभो टेलिभिजन सेट बिक्री गर्ने नाममा झापा सहित पुर्वी पहाडी जिल्लामा सात हजार ग्राहक बनाई उनिहरुबाट मासिक रुपमा रकम अशुली गर्दै आएको छ । कम्पनीले बिभिन्न स्थानमा एजेन्ट खडा गरी एजेन्टमार्फत मासिक प्रतिग्राहक ११ सय ७५ रुपँयाका दरले सात हजार ग्राहकबाट रकम अशुल्ने गरेको छ । त्यसबापत कम्पनीले प्रत्येक महिना चिठ्ठा मार्फत बिभिन्न उपहारका साथै किस्तामा टेलिभजिन सेट उपलब्ध गराउने आकर्षक कार्यक्रम राखेर ग्राहकको ध्यान खिच्ने गरेको हो ।

प्रत्येक ग्राहकबाट २७ किस्ता सम्म ११ सय ७५ रुपैयाँका दरले रकम अशुल्ने गरी ग्राहक बनाउने गरेको पाईएको छ । कम्पनिले गएको १५ महिनाको अवधिमा सर्वसाधारणबाट १२ करोड ३३ लाख ७५ हजार रुपँया गैह्रकानुनी हिसाबले असुलेको भएपनि स्थानिय प्रशासन बेखबर छ ।

कानुनत यसरी नेटवर्किङ ब्यवसाय चलाउन नपाईने र पुर्व स्विकृति नलिई चिठ्ठा समेत खेलाउन नपाईने भएपनि कम्पनिले खुलेआम कार्यालय नै स्थापना गरेर सर्बसाधारण ठग्दै आएको छ । कानुनी रुपमा सरकारबाट पुर्व स्विकृति लिएर मात्रै चिठ्ठा खेलाउन पाईन्छ । तर, यो कम्पनिले कतैबाट स्विकृती लिएको छैन ।

पिरामिड शैलिको ब्यापारले नागरिक ठगिएपछी सरकारले यसमाथि पुर्ण प्रतिबन्ध लगाएको अवस्थामा यो कम्पनिले भने टेलिभिजन बिक्री गर्ने अफर भन्दै यही शैलीमा अशुली धन्दा चलाउँदै आएको छ ।

कम्पनीले एउटा स्किमबाट सर्वसाधारण ठगि गर्दा समेत नियमनकारी निकायले बेवास्ता गरेपछी हौसिएर अर्को यस्तै प्रकृतीको फण्डा शुरु गर्ने तयारी गरेको छ । यो समुहले बिर्तामोडस्थित होटल किङ्सवेरीको उत्तरतर्फ कार्यालय खडा गरेर मासिक १४ सय रुपैयाँ प्रति ग्राहक अशुल्दै आएको पाईएको छ । सात हजार ग्राहक संख्या पुगेपछी मात्रै मासिक रुपमा चिठ्ठा खोल्न शुरु गरिने बताईएको छ ।

यता, झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले यो विषयमा आफु अनविज्ञ रहेको र बुझेर मात्रै थप कुरा बताउँने प्रतिक्रिया दिएका छन् । कम्पनीका प्रबन्ध निर्देशक शिव बस्नेतले आफुहरुले सबैतिर दर्ता गरेर मात्रै चिठ्ठा उडाउन थालिएको बताउँछन् । तर, सरकारबाट कानुनबमोजिम चिठ्ठा खोल्न लिनुपर्ने अनुमती भने नलिएको पाईएको छ ।

त्यस्तै कम्पनीले गर्दै आएको प्रकृतीको ब्यवसाय गर्ने स्विकृती समेत कतैबाट लिएको देखिदैन । कम्पनीले टेलिभिजन सेट बिक्रीका लागि मात्रै कम्पनी रजिष्टारको कार्यालयबाट अनुमती लिएको पाईएको छ । सोही अनुमतीको आधारमा कम्पनीले सदस्य बनाई नेटवर्किङ ब्यवसाय चलाउँदै आएको छ ।

उक्त कम्पनी झापा धुलाबारीका दुई जना बस्नेत थरका ब्यक्तीहरुको नाममा दर्ता रहेको भएपनि गोप्य रुपमा प्रहरीका अवकाशप्राप्त शक्तीशाली ब्यक्तीहरुको लगानी भएकाले समेत प्रशासन कानमा तेल हालेर बसेको स्रोतहरु बताउँछन् ।

यसरी ठगिन्छन् सर्वसाधारण
कम्पनिले ब्राभो ब्राण्डको टेलिभिजन सेट एकमुष्ठ रकम तिरेर किन्न नसक्ने ग्राहकलाई २७ किस्ताको सहुलियतमा चिठ्ठामार्फत उपलब्ध गराईने र मोटरसाईकल, कार फ्रिज जस्ता लोभलाग्दा उपहार पनि चिठ्ठामा पर्नसक्ने प्रलोभन देखाउँछ ।

त्यसका लागि कम्पनिले कमिशन तिरेर आफ्ना बजार प्रतिनिधिहरुलाई ग्राहक बनाउने काममा खटाएको स्रोत बताउँछ । तर, ग्राहक बनिसकेको अवस्थामा समेत टेलिभिजन सेटको बजार मुल्य कति पर्छ भन्ने कुरा सर्वसाधारणलाई कतैबाट पनि जानकारी दिईँदैन । जब ग्राहकको संख्या सात हजार पुग्छ तब कम्पनिले चिठ्ठा उडाउन शुरु गर्छ ।

प्रत्येक महिना झापाका महँगो होटलमा उडाईने यो चिठ्ठामा पुरस्कार स्वरुप मोटर साइकल, फ्रिज वासिङमेसिन लगायतका पुरस्कार राखिएको हुन्छ । यहीक्रम निरन्तर २४ महिनासम्म चलेपछी सात हजार ग्राहकमध्ये ६ हजार ५ सय ९६ जना ग्राहकलाई २४ इन्चको ब्राभो टेलिभिजन प्रदान गरिन्छ । २४ किस्तासम्म मासिक ११ सय ७५ रुपँयाका दरले जम्मा २८ हजार २ सय रुपैँया प्रतिग्राहक असुलेको कम्पनीले २४ इन्चको ब्राभो नाम दिइएको टेलिभिजन सेट थमाएर सर्बसाधारणलाई ठग्ने गरेको छ ।

स्मरण रहोस् चाइनिज र सोही स्तरका अन्य ब्राण्डको २४ इन्चको टेलिभिजन सेटको होलसेल बजार मुल्य १२ देखी १७ हजार रुपैँया सम्म मात्रै पर्ने गरेको टेलिभिजनका थोक बिक्रेताहरु नै बताउँछन् ।

कम्पनीले खास गरेर मजदुर बर्गका मानिस लक्षित ठगी गर्ने गरेको ग्राहक बनेकाहरुको दाबी छ । कम्पनीले यसरी बिभिन्न अफर देखाएर सर्वसाधारणबाट मोटो रकम अशुल्न सफल भएपछी देशका अन्य बिभिन्न शहरहरुमा पनि यही प्रकारको संगठित ठगीधन्दा शुरु भएको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाहुणडाँगीमा मोटरसाइकल दुर्घटना : सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु, अर्का प्रहरी घाइते

बाहुणडाँगीमा मोटरसाइकल दुर्घटना : सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु, अर्का प्रहरी घाइते

झापा । झापाको मेचीनगर नगरपालिका–२ स्थित दुर्गा मन्दिर नजिक मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ...
सरकारी दस्तावेजमा अब पूर्वपश्चिम राजमार्ग होइन “महेन्द्र राजमार्ग”

सरकारी दस्तावेजमा अब पूर्वपश्चिम राजमार्ग होइन “महेन्द्र राजमार्ग”

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आज सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतापत्रमा पूर्वाधार विकाससम्बन्धी अघि सार...
शनिश्चरेलाई हराउँदै आदर्श युवा क्लब अन्तिम चारमा

शनिश्चरेलाई हराउँदै आदर्श युवा क्लब अन्तिम चारमा

झापा । तेस्रो जिल्ला स्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगितामा आदर्श युवा क्लब बुधबारे सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्...
पूर्णिमा एफसी बाहिरियो, ब्रदर्श एफसी सेमिफाइनलमा

पूर्णिमा एफसी बाहिरियो, ब्रदर्श एफसी सेमिफाइनलमा

झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी तेस्रो जिल्ला स्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगितामा ब्रदर्श एफसी...
ne_NPNepali