Skip to main content

Purbi Garjan

नेपाल जेसीज क्षेत्र “क” को सम्मेलन भोलिदेखि धुलाबारीमा, सम्पुर्ण तयारी पुरा

मेचीनगर । नेपाल जेसीज क्षेत्र “क” को सम्मेलन भोलिदेखि झापाको मेचीनगर स्थित धुलाबारीमा हुने भएको छ। भोलीदेखि हुने सम्मेलनको सम्पुर्ण तयारी पूरा भएको र भव्य उद्घाटनको तयारी रहेको आयोजकले जनाएको छ।

झापाको बाहुण्डाँगीदेखि सर्लाहीको मलंगवासम्मका ४६ वटा शाखाका प्रतिनिधिहरु सहभागी हुने वृहत् सम्मेलनलाई जेसीजकर्मीहरुले विशेष उत्सवको रुपमा लिएका छन् ।

धुलाबारी स्थित पासाङ ल्हामू स्मृति प्रतिष्ठान टाउन हल धुलाबारीमा हुने समारोहमा कोशी प्रदेशका माननीय खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यता एवम्  प्रदेश सांसद तथा मेचीनगर नगरपालिकाको तर्फबाट विशेष आतिथ्यता रहने ‘क्षेत्र क सम्मेलन-२०२४’ निर्देशक जेसीआई सिनेटर अनन्तप्रकाश वस्तिले बताए ।

समारोहमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रबिन पोख्रेलसहित देशभरबाट जेसीजका पदाधिकारी सहभागी बन्नेछन् । सम्मेलनमा ६०० बढीको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।

सहभागीहरुको व्यवस्थापनका लागि धुलाबारी र काँकरभिट्टा क्षेत्रका १ सय ७० बढी भिआइपी कोठासहितका होटल बुक गरिएको प्रचारप्रसार समिति संयोजक देबु बानियाँले बताए ।

सम्मेलनको पहिलो दिन नेपाल जेसीजले प्रस्तुत गरेको “Initiate, Innovate and Impact” थिम माथि सेमिनार संचालन हुनेछ । जसमा विभिन्न क्षेत्रका विशेष व्यक्तिहरु बक्ता हुनेछन् । सेमिनारमा प्रायजसो राजनीतिक दलका प्रमुख प्रतिनिधि बक्ता रहने परम्परालाई तोड्दै जेसीजले यो पटक शारीरिक अशक्तता बीचबाट अब्बल ब्यक्तित्वलाई बक्ताको रुपमा प्रस्तुत गर्दैछ । पोखराबाट दृष्टि बिहीन ‘मोटिभेशनल स्पिकर’ विष्णु अधिकारी तथा दमकबाट भेषराज न्यौपाने सहभागी बन्नेछन् ।

त्यस लगत्तै सोही थिममा आधारित जेसीजका दर्जनौं शाखा सम्मिलित अन्तर शाखा वक्तृत्वकला प्रतियोगिता सञ्चालन हुनेछ ।

पहिलो दिन उद्घाटन समारोह पश्चात थिम सेमिनार, वक्तृतासँगै जेनेरल एसेम्बली, सिनेटर एवम्  जुनियर जेसीज बैठक तथा ‘धुलाबारी नाईट’ आयोजना हुनेछ ।

त्यस्तै दोस्रो तथा अन्तिम दिन नेपालका चर्चित ट्रेनर तथा मोटिभेशनल स्पिकर सौनक भट्टको तालिम शेसन चल्नेछ ।
भट्ट स्पिकरको रुपमा दोस्रोपटक मेचीनगर आउँदैछन् ।

यसअघि ७ वर्षअघि धुलाबारीमै सम्पन्न भएको बाल उत्सवमा उनी ‘ट्रान्सफर्मेशनल ट्रेनर’ को रुपमा आमन्त्रित थिए । उनै भट्ट प्रशिक्षक रहने सो तालिममा रजिष्ट्रेशन गरी आम मान्छे खुलारुपमा सहभागी बन्न पाउने आयोजकले बताएको छ ।

दोस्रो दिन तालिमको अलावा नेपाल जेसीजको अवार्ड वितरण, जेनेरल एसेम्बली, विभिन्न उपसमितिहरु निर्माण तथा समापन समारोह हुनेछन् ।

एसेम्बलीले आगामी क्षेत्र सम्मेलनलगायतका विषयमा निर्णय गर्नेछ । सम्मेलनमा सहभागी बन्ने अतिथिहरुलाई मेचीनगरका मुख्य पर्यटकीय तथा अन्य महत्वपूर्ण क्षेत्रको अवलोकनमा लैजानेसमेत आयोजकको तयारी छ ।

देशभरबाट जेसीजकर्मीहरुको सहभागिता रहने हुँदा आन्तरिक भ्रमणबाट पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र मेचीनगरको पहिचान स्थापित हुने आयोजकले विश्वास लिएको छ ।

नेपाल जेसीजले हरेक वर्ष आयोजना गर्ने क्षेत्रीय सम्मेलनअन्तर्गत  यो वर्षको आतिथ्यता धुलाबारी जेसीजले  गर्न लागेको हो । सम्मेलन सम्पन्न गर्न ३२ लाखको लागत खर्च अनुमान गरिएको र सो रकम दाता तथा जेसीज सदस्यबाट संकलन गरिएको सम्मेलन निर्देशक वस्तिले बताए ।

धुलाबारी जेसीजले यसअघि पनि वर्ष २०१६ मा क्षेत्र सम्मेलनको आतिथ्यता गर्ने अवसर पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

निशान निराैला इलाम । पर्यटकीय क्षेत्रका रूपमा चर्चित इलामको कन्याममा रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायले पर्याप्त...
ne_NPNepali