Skip to main content

Purbi Garjan

वन स्तरीय फुटबल : मागुरमाडी र पाँचपोखरी विजयी

बाहुण्डाँगी । मेचीनगर – ३ मा जारी प्रथम बहुवन तथा पाँचपोखरी सामुदायिक वन स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता अन्तरगत मंगलवार दुई खेल सम्पन्न भएका छन् । प्रतियोगितामा मागुरमाडी सामुदायिक वन र पाँचपोखरी सामुदायिक वन विजयी भएका छन् ।

पहिलो खेलमा मागुरमाडीले प्रगती सामुदायिक वनलाई २–१ को गोल अन्तरले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको हो । जितका लागि गुन्जन चापागाई र एसन लिम्बूले एक एक गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच बासु तिम्सिना भए । उनलाई चन्द्र दासले प्रदान गर्नु भएको नगद १ हजार र ट्रफी प्रदान गरिएको थियो ।

यसैगरी दोस्रो खेलमा पाँचपोखरीले हातेमालो सामुदायिक वनलाई २–० को गोल अन्तरले जित निकालेको थियो । जितका लागि पाँचपोखरीका बिमल तोलाङ्गी र विवेक राजवंशीले एक एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच पाँचपोखरीका विमल तोलाङ्गी भए । उनले रमेश भट्टराईले प्रदान गर्नु भएको नगद १ हजार र ट्रफी प्रदान गरिएको थियो ।

बुधवारको खेल चन्द्रगढी सामुदायिक वन र जामुखाडी सामुदायिक वन तथा दास्रो खेल इरौटार सामुदायिक वन इलाम र थोप्लेविरान सामुदायिक वन मेचीनगर बिच हुने जागृति युवा परिवारका सचिव अर्पण बलम्पाकी मगरले बताए ।

२४ गतेसम्म सन्चालन हुने प्रतियोगितामा विजेता टिमले नगद ६० हजार, ट्रफी र प्रमाण पत्र पाउनेछ भने उपविजेता हुने टिमले नगद ४० हजार, ट्रफी र प्रमाण पत्र पाउने छने भने विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले समेत नगद र ट्रफी पाउने बहुवन सामुदायिक वनका सचिव सन्जु कार्की मगरले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali