Skip to main content

Purbi Garjan

फ्लिम हेर्न आएका दर्शकलाई विर्तामोडमा विराजको सरप्राइज

झापा । बिर्तामोडको क्युएफएक्स सिनेमा हलमा सोमबार दर्शकहरू ‘१२ गाउँ’ फिल्म हेरिरहेका बेला सरप्राइज भए जब पर्दामा देखिएका कलाकारहरू अचानक रियल लाइफमा उनीहरूबीच उपस्थित भए। अभिनेता बिराज भट्ट, अभिनेत्री न्यान्सी खड्का लगायतका निर्माण टोलीले दर्शकलाई तिहारको शुभकामना दिँदै उपस्थित भएर दर्शकलाई धन्यवाद प्रकट गरे। बिराजले फिल्मको लोकप्रिय डाइलग “चट्टै होइन, चैट चैट चैट” लाई लाइभ प्रस्तुत गर्दा दर्शकहरू उत्साहित बने।

फिल्म हेर्न आएका दर्शकले विशेष रूपमा समीर भट्टलाई खोज्दै “समीर भट्ट खोइ, छोरा चाहियो छोरा” भनेर हुटिङ गरे, जसले उत्साहको माहोल थप बढायो। फूलपातिको दिन रिलिज भएको ‘१२ गाउँ’ १९ दिन बितिसक्दा पनि दर्शकको माया उस्तै पाउँदै आएको छ। सोमबार १ बजेको शोमा एक शो हाउसफुल रह्यो भने अर्को शोमा पनि दर्शकको बाक्लो उपस्थिति थियो।

पत्रकारहरूसँगको भेटमा बिराजले ‘१२ गाउँ’ को दोस्रो भाग छिट्टै ल्याउने बताए। सुरुमा हलहरूले कम शो दिए पनि दर्शकको मायाले त्यो परिस्थिति उल्टाइदिएकोमा खुशी व्यक्त गर्दै बिराजले भने, “दर्शकको यो मायाले हामीलाई थप जिम्मेवार बनाएको छ।”

अभिनेत्री न्यान्सी खड्काले आफू विराटनगरबाट भएको बताउँदै पूर्वको माया पाउँदा निकै उत्साहित भएको बताइन्। उनका अनुसार छोटो भूमिकामा अभिनय गर्दा पनि दर्शकले यति धेरै मन पराउँदा आश्चर्य लागेको छ। कार्यक्रममा नेपाल चलचित्र संघका केन्द्रीय सदस्य मिजास पोखरेल र क्युएफएक्सका म्यानेजर केदार बस्नेतले टिमलाई स्वागत गरे।

‘१२ गाउँ’ मा सोनु चन्द्रपाल, दिया मास्के, मुरलीधर, सनिशा भट्टराई, नरेन खडका, स्टन्ट सिल्भा, कान्जी कोइराला, सुलेमान शंकर इकु, कालु राना लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali