Skip to main content

Purbi Garjan

फ्लिम हेर्न आएका दर्शकलाई विर्तामोडमा विराजको सरप्राइज

झापा । बिर्तामोडको क्युएफएक्स सिनेमा हलमा सोमबार दर्शकहरू ‘१२ गाउँ’ फिल्म हेरिरहेका बेला सरप्राइज भए जब पर्दामा देखिएका कलाकारहरू अचानक रियल लाइफमा उनीहरूबीच उपस्थित भए। अभिनेता बिराज भट्ट, अभिनेत्री न्यान्सी खड्का लगायतका निर्माण टोलीले दर्शकलाई तिहारको शुभकामना दिँदै उपस्थित भएर दर्शकलाई धन्यवाद प्रकट गरे। बिराजले फिल्मको लोकप्रिय डाइलग “चट्टै होइन, चैट चैट चैट” लाई लाइभ प्रस्तुत गर्दा दर्शकहरू उत्साहित बने।

फिल्म हेर्न आएका दर्शकले विशेष रूपमा समीर भट्टलाई खोज्दै “समीर भट्ट खोइ, छोरा चाहियो छोरा” भनेर हुटिङ गरे, जसले उत्साहको माहोल थप बढायो। फूलपातिको दिन रिलिज भएको ‘१२ गाउँ’ १९ दिन बितिसक्दा पनि दर्शकको माया उस्तै पाउँदै आएको छ। सोमबार १ बजेको शोमा एक शो हाउसफुल रह्यो भने अर्को शोमा पनि दर्शकको बाक्लो उपस्थिति थियो।

पत्रकारहरूसँगको भेटमा बिराजले ‘१२ गाउँ’ को दोस्रो भाग छिट्टै ल्याउने बताए। सुरुमा हलहरूले कम शो दिए पनि दर्शकको मायाले त्यो परिस्थिति उल्टाइदिएकोमा खुशी व्यक्त गर्दै बिराजले भने, “दर्शकको यो मायाले हामीलाई थप जिम्मेवार बनाएको छ।”

अभिनेत्री न्यान्सी खड्काले आफू विराटनगरबाट भएको बताउँदै पूर्वको माया पाउँदा निकै उत्साहित भएको बताइन्। उनका अनुसार छोटो भूमिकामा अभिनय गर्दा पनि दर्शकले यति धेरै मन पराउँदा आश्चर्य लागेको छ। कार्यक्रममा नेपाल चलचित्र संघका केन्द्रीय सदस्य मिजास पोखरेल र क्युएफएक्सका म्यानेजर केदार बस्नेतले टिमलाई स्वागत गरे।

‘१२ गाउँ’ मा सोनु चन्द्रपाल, दिया मास्के, मुरलीधर, सनिशा भट्टराई, नरेन खडका, स्टन्ट सिल्भा, कान्जी कोइराला, सुलेमान शंकर इकु, कालु राना लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali