झापा । बिर्तामोडको क्युएफएक्स सिनेमा हलमा सोमबार दर्शकहरू ‘१२ गाउँ’ फिल्म हेरिरहेका बेला सरप्राइज भए जब पर्दामा देखिएका कलाकारहरू अचानक रियल लाइफमा उनीहरूबीच उपस्थित भए। अभिनेता बिराज भट्ट, अभिनेत्री न्यान्सी खड्का लगायतका निर्माण टोलीले दर्शकलाई तिहारको शुभकामना दिँदै उपस्थित भएर दर्शकलाई धन्यवाद प्रकट गरे। बिराजले फिल्मको लोकप्रिय डाइलग “चट्टै होइन, चैट चैट चैट” लाई लाइभ प्रस्तुत गर्दा दर्शकहरू उत्साहित बने। फिल्म हेर्न आएका दर्शकले विशेष रूपमा समीर भट्टलाई खोज्दै “समीर भट्ट खोइ, छोरा चाहियो छोरा” भनेर हुटिङ गरे, जसले उत्साहको माहोल थप बढायो। फूलपातिको दिन रिलिज भएको ‘१२ गाउँ’ १९ दिन बितिसक्दा पनि दर्शकको माया उस्तै पाउँदै आएको छ। सोमबार…