Skip to main content

Purbi Garjan

काली मन्दिर भित्र राजवंशी मृत फेला

झापा । झापाको झापा गाउँपालिका- २ स्थित काली मन्दिरभित्र एक जना व्यक्ति मृत फेला परेका छन् । झापा बजार उत्तर चिया बगानको काली मन्दिरभित्र अन्दाजी ५३ वर्षका जङ्गबहादुर राजवंशी मृत फेला परेका हुन् ।

चिया बगानमा काम गर्ने चौकीदार विनोद मण्डलले बिहान पूजा गर्न काली मन्दिरमा आउँदा राजवंशीलाई मृत फेला पारेका थिए । त्यसपछि उनले इलाका प्रहरी कार्यालय कुमरखोदमा जानकारी गराएका थिए ।

वडा अध्यक्ष हिमालकुमार चम्लागाईले मृत फेला परेका राजवंशीको मानसिक सन्तुलन ठिक नभएको बताएका छन् । उनले गाउँघरमा मागेर आफ्नो गुजारा गर्दै आएका थिए । वडा अध्यक्ष चम्लागाईका अनुसार मृतकको झापा गाउँपालिका वडा नं २ बालुवाटारमा १ कट्ठा जग्गा रहेको छ । स्थायी ठेगाना बाह्रदशी गाउँपालिका वडा नं २ रहेका राजवंशीको श्रीमती, तीन छोरा र दुईजना छोरी रहेको आफन्तले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali