Skip to main content

Purbi Garjan

काली मन्दिर भित्र राजवंशी मृत फेला

झापा । झापाको झापा गाउँपालिका- २ स्थित काली मन्दिरभित्र एक जना व्यक्ति मृत फेला परेका छन् । झापा बजार उत्तर चिया बगानको काली मन्दिरभित्र अन्दाजी ५३ वर्षका जङ्गबहादुर राजवंशी मृत फेला परेका हुन् ।

चिया बगानमा काम गर्ने चौकीदार विनोद मण्डलले बिहान पूजा गर्न काली मन्दिरमा आउँदा राजवंशीलाई मृत फेला पारेका थिए । त्यसपछि उनले इलाका प्रहरी कार्यालय कुमरखोदमा जानकारी गराएका थिए ।

वडा अध्यक्ष हिमालकुमार चम्लागाईले मृत फेला परेका राजवंशीको मानसिक सन्तुलन ठिक नभएको बताएका छन् । उनले गाउँघरमा मागेर आफ्नो गुजारा गर्दै आएका थिए । वडा अध्यक्ष चम्लागाईका अनुसार मृतकको झापा गाउँपालिका वडा नं २ बालुवाटारमा १ कट्ठा जग्गा रहेको छ । स्थायी ठेगाना बाह्रदशी गाउँपालिका वडा नं २ रहेका राजवंशीको श्रीमती, तीन छोरा र दुईजना छोरी रहेको आफन्तले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali