Skip to main content

Purbi Garjan

मेचीनगर: नगर अस्पतालमा बेबी वार्मर मेसिन थपियो, अब नवजात शिशुलाई थप सहज हुने

मेचीनगर । झापाको मेचीनगर मेचीनगरद्वारा सञ्चालित आधारभूत नगर अस्पतालमा सुविधा युक्त बेबी वार्मर मेसिन थपिएको छ । यो संगै अब यस अस्पतालमा जन्म लिएका नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न यसले थप मद्दत पुर्याउने छ ।

चौबीसै घण्टा प्रसुति सेवा प्रदान गर्दै आएको यस नगर अस्पतालमा आज एक कार्यक्रमका बिच ज्योति विकास बैंकले “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत नगरपालिकाको प्रसुित गृहलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित ८७ हजार पाँच सय मूल्य पर्ने बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ ।

बेबी वार्मर नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने मेसिन हो । यसको प्रयोगसंगै अस्पतालमा नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न थप मद्दत पुग्ने विश्वास लिइएको ज्योति विकास बैंक धुलावारी शाखाका प्रवन्धक विवेक अधिकारी बताउँछन् । उनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले राष्ट्रिय आविष्कार केन्द्रले बनाएको बेबी वार्मर प्रदान गरेको स्पष्ट पारे ।

त्यस्तै स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा सहभागी हुँदै मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने उक्त मेशिनबाट मेचीनगरसंगै आसपासका पालिकाहरुबाट समेत मेचीनगर आधारभूत अस्पतालको प्रसुति गृहमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुने बताइन् । साथै उनले स्वास्थ्य क्षेत्रमा नगरपालिका लागि परिरहेको बताउँदै थप स्वास्थ्य क्षेत्रमा सुविधा उपलब्ध गराउने अभियानमा नगरपालिका लागि परिरहेको उनको भनाइ छ ।

कार्यक्रममा मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा, सहसंयोजक रामप्रसाद अधिकारी, मेचीनगर आधारभूत अस्पतालका प्रमुख डाक्टर आशिष निरौल, ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरु, मेचीनगर अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीलगायत सञ्चारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali