Skip to main content

Purbi Garjan

दमकमा विविध कार्यक्रम गर्दै मनाइयो ३७ औं विश्व एड्स दिवस

झापा । झापाको दमकमा आज विभिन्न सचेतना मुलक कार्यक्रम सहित दीप प्रज्वलन गर्दै ३७ औं विश्व एड्स दिवस मनाइएको छ।

लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान सँगै ३७ औँ विश्व एड्स दिवसका अवसरमा “एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित कार्यक्रम ” सम्पन्न भएको हो ।

स्वास्थ्य, समानता र सम्मानको प्रत्याभूति गर्दै एड्सको अन्त्य गर्न सकिने र अबको प्रयास सबैका लागि एचआईभी संक्रमित माथि हुने लाञ्छना तथा भेदभाव न्यूनीकरण गर्ने उदेश्यले उक्त कार्यक्रम गरिएको हो ।

दमक नगरपालिकाको आयोजना तथा विभिन्न संघसंस्थाहरुको सह-आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियोे ।

दमक नगरपालिका कि उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन लिड नेपाल झापाकी संयोजक नुमा लिम्बूले गरेकी थिइन् ।  उक्त कार्यक्रम दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहता , ईलका प्रहरी कार्यालय दमकका बरिस्ठ सई कृष्ण कुमारी अधिकारी, अन्य अतिथिहरुमा महिला सशक्तीकरण केन्द्र कि अध्यक्ष भुमिका कोइराला, रिचमन्ड फेलोसिपका इन्चार्ज जीवन नेपाली, लव कुश आश्रम कि इन्दिरा पराजुली, दमक अस्पतालबाट सपना , मनोपरामर्श फोकल परामर्शबाट लिला लगायतको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेगिना भट्टराईले कसैलाई पनि कुनै प्रकारको विभेद गर्न नपाइने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै यस्तो महान कार्यमा सबैले हातेमालो गर्नुपर्ने बताइन् । भट्टराईले एड्स रोग ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गर्न र नियमित एचआइभी जाँच गरि सुरक्षित रहनुपर्ने उल्लेख गरिन्।

कार्यक्रममा उपस्थित विभित्र संघसंस्थाका प्रतिनिधिहरुले एड्स रोग बारे खुलेर बहस तथा छलफल गरेका थिए। कार्यक्रममा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको समेत बाक्लो उपस्थित रहेको थियोे ।

दिनभरको छलफल तथा परामर्श कार्यक्रम पश्चात् लिड नेपाल झापाको प्रतिनिधित्वमा दमक स्थित गणतन्त्र चोकमा एड्सबाट अकालमा ज्यान गुमाएकाहरुको स्मरण गर्दै दीप प्रज्वलन समेत गरिएको छ।

झापाका विभित्र स्थानका करिव ७ सय संक्रमितहरुले नियमित एड्स रोगको औषधि सेवन गरिरहेका छन् । पछिल्लो तथ्यांक अनुसार झापामा १५ सय संक्रमित रहेको उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali