Skip to main content

Purbi Garjan

जनपत्रकार संगठन नेपालद्वारा पत्रकार महासंघको दाङ शाखामा तालाबन्दी

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखामा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । बुधबार जनपत्रकार संगठन नेपाल जिल्ला समिति दाङले एक प्रेस विज्ञप्ति जारी गर्दै शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको हो ।

जनपत्रकार संगठन नेपाल दाङ जिल्ला अध्यक्ष हेमन्तप्रकाश वली सहितको टोलिले बुधबार पत्रकार महासंघले सार्वजनिक गरेको सदस्यता नामावलीप्रति असन्तुष्टि जनाउँदै तालाबन्दी गरेको हो ।

संगठनका जिल्ला अध्यक्ष हेमन्तप्रकाश वलीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ– ‘ नेपाल पत्रकार महासंघले आसन्न मसिर २८ गते निर्वाचन सम्पन्न गर्ने गरी सार्वजनिक गरेको सदस्यता नामावलीप्रति जनपत्रकार संगठन नेपाल जिल्ला समिति दाङको गम्भिर ध्यानाकर्षण भएको छ । महासंघले यसको इतिहास, गरिमा र आदर्शको धज्जी उडाउदै दलिय सिन्डीकेटको आधारमा जारी गरिएको नामावली सच्याई क्रियाशिल पत्रकारको सदस्यता प्राप्तीको अधिकार कुण्ठित नगर्न आग्रह गर्दछौं ।’

यस्तै संगठनले पत्रकार महासंघले पटक पटक सदस्यता शुद्धिकरणका नाममा सञ्चारकर्ममा क्रियाशिल पत्रकारको नाम योजनावद्ध ढङ्गले हटाउने वा नविकरण नगर्ने साथै क्रियाशिल पत्रकारको नयाँ सदस्यता प्राप्त गर्ने अधिकारबाट वञ्चित गरी जारी गरिएको सूचिले महासंघको साझा चरित्र, विधि र विधानलाई लत्याउने काम भएको स्पष्ट पारेको छ ।

संगठनले महासंघले सदस्यताको विषयलाई टु‌ङ्गाएर मात्र निर्वाचनका कार्यक्रम अघि बढाउन आग्रह गरेको छ। साथै संगठनले पटक पटक नेपाल पत्रकार महासंघ दाङ शाखालाई मर्यादित बनाउन गराएको ध्यानाकर्षण, सल्लाह सुझावको कुनै सुनुवाई नभएपछि शाखामा अनिश्चितकालिन तालाबन्दी गर्न बाध्य भएको प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

यस्तो छ प्रेस विज्ञप्ती:-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali