Skip to main content

Purbi Garjan

जनपत्रकार संगठन नेपालद्वारा पत्रकार महासंघको दाङ शाखामा तालाबन्दी

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखामा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । बुधबार जनपत्रकार संगठन नेपाल जिल्ला समिति दाङले एक प्रेस विज्ञप्ति जारी गर्दै शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको हो ।

जनपत्रकार संगठन नेपाल दाङ जिल्ला अध्यक्ष हेमन्तप्रकाश वली सहितको टोलिले बुधबार पत्रकार महासंघले सार्वजनिक गरेको सदस्यता नामावलीप्रति असन्तुष्टि जनाउँदै तालाबन्दी गरेको हो ।

संगठनका जिल्ला अध्यक्ष हेमन्तप्रकाश वलीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ– ‘ नेपाल पत्रकार महासंघले आसन्न मसिर २८ गते निर्वाचन सम्पन्न गर्ने गरी सार्वजनिक गरेको सदस्यता नामावलीप्रति जनपत्रकार संगठन नेपाल जिल्ला समिति दाङको गम्भिर ध्यानाकर्षण भएको छ । महासंघले यसको इतिहास, गरिमा र आदर्शको धज्जी उडाउदै दलिय सिन्डीकेटको आधारमा जारी गरिएको नामावली सच्याई क्रियाशिल पत्रकारको सदस्यता प्राप्तीको अधिकार कुण्ठित नगर्न आग्रह गर्दछौं ।’

यस्तै संगठनले पत्रकार महासंघले पटक पटक सदस्यता शुद्धिकरणका नाममा सञ्चारकर्ममा क्रियाशिल पत्रकारको नाम योजनावद्ध ढङ्गले हटाउने वा नविकरण नगर्ने साथै क्रियाशिल पत्रकारको नयाँ सदस्यता प्राप्त गर्ने अधिकारबाट वञ्चित गरी जारी गरिएको सूचिले महासंघको साझा चरित्र, विधि र विधानलाई लत्याउने काम भएको स्पष्ट पारेको छ ।

संगठनले महासंघले सदस्यताको विषयलाई टु‌ङ्गाएर मात्र निर्वाचनका कार्यक्रम अघि बढाउन आग्रह गरेको छ। साथै संगठनले पटक पटक नेपाल पत्रकार महासंघ दाङ शाखालाई मर्यादित बनाउन गराएको ध्यानाकर्षण, सल्लाह सुझावको कुनै सुनुवाई नभएपछि शाखामा अनिश्चितकालिन तालाबन्दी गर्न बाध्य भएको प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

यस्तो छ प्रेस विज्ञप्ती:-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

साहसी युवा जसले उर्लँदो भेलबाट ४ जना पर्यटकको ज्यान बचाए

साहसी युवा जसले उर्लँदो भेलबाट ४ जना पर्यटकको ज्यान बचाए

दार्जिलिङ । कुर्सेङ अन्तर्गत पर्ने दु्धिया निवासी दिल कुमार सुब्बालाई बहादुरी पुरस्कार प्रदान गर्न स्थानीय बासिन्दा तथा सामाजिक सं...
जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

झापा, मेचीनगर । झापाको मेचीनगर नगरपालिका–७ जोरसिमल क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामानस...
इक्यान झापाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, विविध विषयमा छलफल

इक्यान झापाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, विविध विषयमा छलफल

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको आयोजनामा झापाको बिर्तामोडमा एकदिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । ...
भान्सामा खाना पकाउँदै गरेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

भान्सामा खाना पकाउँदै गरेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

दमक, झापा। झापाको कमल गाउँपालिकामा सर्पदंशका कारण एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कमल गाउँपालिका–३ बस्न...
ne_NPNepali