Skip to main content

Purbi Garjan

पत्रकारको चुनाव : झापामा मिलेन कुरा, युनियनका दुई उम्मेदवार मैदानमा

विर्तामोड । नेपाल पत्रकार महासंघको भोली हुने निर्वाचनको लागि नेपाल प्रेस युनियनको तर्फबाट झापामा दुई उम्मेदवारको नाम सिफारिस भएपछि लफडा शुरु भएको छ।

प्रेस चौतारी र प्रेस युनियनले झापा सहित देशैभर चुनावी गठबन्धन गरेका छन्। यता केन्द्रले जिल्लालाई पत्राचार गरेरै आधिकारिक उम्मेदवार राजेन्द्र गौतम रहेको बताएको छ भने जिल्लाले केन्द्रको आदेश इन्कार गर्दै हालका जिल्ला अध्यक्ष एकराज गिरीलाई अगाडि सारेको छ।


महासंघको निर्वाचनमा प्रेस युनियन नेपाल र प्रेस चौतारीको साझा प्यानलमा युनियनको तर्फबाट अध्यक्ष पदमा वर्तमान अध्यक्ष एकराज गिरी र युनियन झापा शाखाको सल्लाहकार राजेन्द्र गौतमको उम्मेदवारी दर्ता भएको स्थितमा प्रेस युनियनको केन्द्रीय समितिले गौतमलाई आधिकारीक उम्मेदवार तोकेको थियोे ।

युनियन केन्द्रीय समितिका अध्यक्ष शिव लम्सालले प्रेस युनियन झापालाई आज एक पत्र लेख्दै गौतमलाई आधिकारी उम्मेदवारका रुपमा तोकिएकोले उनलाई विजय बनाउने अभियानमा लाग्न निर्देशन दिएपनि जिल्लाले भने एकराज गिरी अध्यक्षका उम्मेदवार रहेको घोषणा गरेको छ ।

महासंघका हालका अध्यक्ष गिरीले एक कार्यकाल अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेको तथा युनियनले सबैलाई अवसर दिनुपर्ने भएकाले  प्रेस युनियन नेपाल र प्रेस चौतारीको साझा प्यानलमा युनियनको तर्फबाट गौतमलाई उम्मेदवार बनाउने निर्णय गरिएको पत्रमा उल्लेख गरिएको छ ।

प्रेस युनियन र प्रेस चौतारी बिच छलफल गर्न तथा युनियन झापाले तय गर्ने उम्मेदवार छनोट प्रक्रियामा समन्वय तथा सहजिकरण गरि निर्णय गर्न केन्द्रीय समितिले मसिंर २५ गते प्रेस युनियन कोशी प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र निरौलालाई केन्द्रीय प्रतिनिधीको रुपमा खटाएको थियो । यश विषयमा बुझ्दा केन्द्रीय प्रतिनिधी निरौलाले गौतम नै झापाको आधिकारिक उम्मेदवार रहेको बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali