Skip to main content

Purbi Garjan

मेचीनगर:पुस १ देखि वडा-वडामा अपाङ्गहरुको स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र बितरण गर्ने

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आगामी पुस १ गतेदेखि नगरका अपाङ्गता भएका व्यक्तिहरुको बिशेष स्वास्थ्य परिक्षण गराउने भएको छ । वडा वडामा नै बिशेषज्ञ डाक्टर, स्वास्थ्यकर्मीसहितको टोलि लगेर नगरपालिकाले उनीहरूको स्वास्थ्य परिक्षण गर्ने भएको हो ।

नगरपालिकाले अभियान कै रूपमा पुस १ गतेदेखि १५ गतेसम्म प्रत्येक वडामा अपाङ्गता भएका व्यक्तिहरुको बिशेष स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण गरिने कार्यक्रम रहेको नगरपालिकाको कार्यालयले जनाएको छ । प्रत्येक वडामा एक एक दिन सञ्चालन हुने गरी आयोजित पन्द्रदिने कार्यक्रम अन्तर्गत १ नं वडाबाट उद्घाटन भई कार्यक्रम २, ३, ४, ५ हुँदै क्रमश १५ गते वडा नं १५ मा पुगेर सम्पन्न गरिने जनाइएको छ ।

शारीरिक अशक्त एवम् अपांगता भएको मानिसलाई हेर्ने दृष्टिकोण समाजमा अझै पनि गलत रहेको बताउँदै त्यसलाई चिर्न आवश्यक रहेको मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी बताउँछन् । समाजमा त्यस्ता गलत प्रबृत्ति अन्त्य गर्न आवश्यक छ । मानवीय चिन्तनको चेत सहि कार्यका लागि लगाउँदै समाजका सबैले अशक्त एवम् अपांगता भएको मानिसहरुलाई सभ्य व्यवहार गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै स्थानीय सरकारको हैसियतले मेचीनगर, कोशी प्रदेश सरकार र करुणा फाउण्डेशन बिच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी मेचीनगरमा अपांगता भएको मानिसहरुलाइ नवजात शिशुको जाँचमा वृद्वि, बाल स्वास्थ्यमा सुधार, अपाङ्गता भएका व्यक्तिहरुको जीवनको गुणस्तरमा सुधार, शिक्षामा पहुँच वृद्वि, परिवारको सशक्तिकरण र जीविकोपार्जनमा सुधार, सामाजिक क्रियाकलापमा पहुँच वृद्व, क्षमता अभिवृद्विमा सहयोग, प्रशासन तथा व्यवस्थापन सुदृढीकरणमा सहयोग लगायतको कार्यक्रमहरु सञ्चालन गर्ने जानकारी दिए ।

अपांगता भएको मानिसहरुको क्षेत्रमा कार्य गर्न नगरपालिकाले महत्वपूर्ण कार्यक्रमहरु अगाडी सारिसकेको मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेती बताउँछिन् । त्यसकै फलस्वरुप पहिलो चरणमा महत्वपूर्ण कार्यक्रम मध्येको अपाङ्गता भएका व्यक्तिहरुको बिशेष स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिइन् । लक्षित वर्गमा नव विवाहित दम्पती, नवजात शिशु, १० वर्ष मुनीका बालबालिका, अपाङ्गता भएका बालबालिका, वयस्क, ज्येष्ठ नागरिकहरु र उनीहरुका परिवारका सदस्य, अपाङ्गता भएका व्यक्तिहरुका संस्था र समूह लाभान्वित हुने छन् । त्यस्तै स्वास्थ्य संस्था, शैक्षिक संस्था र समुदायका अन्य समूह र व्यक्तिहरु पनि लाभान्वित हुने उपप्रमुख मीना पोख्रेल उप्रेतीको दावी छ ।

बिगतमा मेचीनगर क्षेत्रमा ३ हजार २७ जना अपाङ्गता भएका मानिसहरु रहेकोमा हाल १ हजार ७४४ जनाको मात्रै नयाँ दर्ता कायम रहेको छ । प्रत्येक वडामा एक÷एक दिन चल्ने शिविरमा स्वास्थ्य परीक्षण, श्रवण यन्त्र, ह्युलचियर, कृतिम हातखुट्टाको नापजाँच, विद्यालय भर्ना लगायतका सेवाहरु समेत उपलब्ध हुने प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए । उक्त कार्यक्रम सफल पार्न आँखा, कान, मनोविद, मेडिकललगायतका स्वास्थ्य परिक्षणका लागि पाँच किसिमको बिशेषज्ञ डाक्टरहरु आउनेछन् । त्यस्तै मेचीनगरका स्वास्थ्यकर्मीलगायत सामाजिक विकास शाखा, महिला बालबालिका तथा समाज कल्याण शाखा र सम्बन्धित वडा कार्यालयका कर्मचारीसमेत खटिने उनले जानकारी दिए ।

नगरपालिकाले अपाङ्गता भएकाहरुको बिशेष स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र बितरण कार्यक्रमलाई सबै वडामा प्रभावकारी बनाउनका लागि आज नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित वडाध्यक्ष, वडासदस्य, वडासचिव, करुणा फाउण्डेशनका जिल्ला तथा पालिकाका प्रतिनिधिलगायतसंग संयुक्त छलफल समेत चनाएको थियो । मेचीनगरको बैठक हलमा सम्पन्न छलफको सहजिकरण मेचीनगर महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali