Purbi Garjan

Day: २०८१ मंसिर २८, शुक्रबार

झापा कप भोलिदेखि, उद्घाटन खेलमा आर्मी र एलएक्स सिटी खेल्ने

झापा कप भोलिदेखि, उद्घाटन खेलमा आर्मी र एलएक्स सिटी खेल्ने

बिर्तामोड। भोलिदेखि सुरु हुने झापा कपको उद्घाटन खेलमा काठमाडौँको त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, काठमाडौँको एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी हुने भएका छन् । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौँ जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, रुपन्देहीको गोर्खा ब्वाईज स्पोर्ट्स क्लब र झापा ११ सहभागी हुने भएका छन् । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताका लागि १० हजारजना दर्शक क्षमताको प्यारापिट निर्माण, खेलमैदान स्तरोन्नति लगायतका काम…
Read More
मेचीनगर:पुस १ देखि वडा-वडामा अपाङ्गहरुको स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र बितरण गर्ने

मेचीनगर:पुस १ देखि वडा-वडामा अपाङ्गहरुको स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र बितरण गर्ने

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आगामी पुस १ गतेदेखि नगरका अपाङ्गता भएका व्यक्तिहरुको बिशेष स्वास्थ्य परिक्षण गराउने भएको छ । वडा वडामा नै बिशेषज्ञ डाक्टर, स्वास्थ्यकर्मीसहितको टोलि लगेर नगरपालिकाले उनीहरूको स्वास्थ्य परिक्षण गर्ने भएको हो । नगरपालिकाले अभियान कै रूपमा पुस १ गतेदेखि १५ गतेसम्म प्रत्येक वडामा अपाङ्गता भएका व्यक्तिहरुको बिशेष स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण गरिने कार्यक्रम रहेको नगरपालिकाको कार्यालयले जनाएको छ । प्रत्येक वडामा एक एक दिन सञ्चालन हुने गरी आयोजित पन्द्रदिने कार्यक्रम अन्तर्गत १ नं वडाबाट उद्घाटन भई कार्यक्रम २, ३, ४, ५ हुँदै क्रमश १५ गते वडा नं १५ मा पुगेर सम्पन्न गरिने…
Read More
झापाबाट अमेरिकी डलरसहित एकजना पक्राउ

झापाबाट अमेरिकी डलरसहित एकजना पक्राउ

झापा । झापाको कमल गाउँपालिका–३ केर्खाबाट अमेरिकी डलरसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल-३ स्थित केर्खाबाट गौरादह नगरपालिका-५ का २५ वर्षीय मोहम्मद नौसाद मियाँलाई डलरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यहाँस्थित पूर्वपश्चिम राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश१–०२–००१ख ९५३० नम्बरको यात्रुबाहक बसमा सवार मियाँले बोकेको झोला जाँच गर्दा स्रोत नखुलेको डलर एक सय दरका दुई सय ९७ थान फेलापरेको हो । आजको नेपाली दररेट अनुसार उक्त डलरको नेपाली रु ४० लाख ३३ हजार आठ सय ५४ रहेको छ । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले…
Read More