Skip to main content

Purbi Garjan

ढलेको क्रान्तिलाई हामीले बिउँझाएका छौं : विप्लव

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा आफूहरुले ढलेको क्रान्तिलाई पुनः ब्युझाएको बताएका छन् । कपिलवस्तुस्थित पार्टीको केन्द्रिय कार्यालयमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा महासचिव विप्लवले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिमा आएको प्रतिक्रान्तिपछि पुनः क्रान्ति ब्युझाएको दाबी गरेका हुन् ।

बिहीबारदेखि जारी केन्द्रीय समिति बैठकमा प्रस्तुत दस्तावेजमाथि केन्द्रीय सदस्यहरुले राखेका धारणाबारे स्पष्ट पार्ने क्रममा महासचिव विप्लवले पछिल्लो एक दशकयता नेपाल कम्युनिस्ट पार्टीले मार्क्सवाद, लेनिनवाद र माओवादका तीन संघटक अंगहरुमा थप विकास गरेकोले विचारको संश्लेषण जरुरी रहेको बताए ।

मन्तव्यको क्रममा महासचिव विप्लवले नेपालमा संसदीय व्यवस्था कि समाजवाद भन्ने विषयलाई नेपाल कम्युनिस्ट पार्टीले आम रूपमा स्थापित गरेको र अब नेपाली विशेषताको समाजवाद देशको आर्थिक राजनीतिक संकटको निकास भएको बताए ।

समाजवादबारे अहिले सबैतिर बहस छ, धेरै नेताकार्यकर्ता बुद्धिजीवी र पार्टीभित्र समाजवाद आवश्यक छ भन्ने चर्चा छ तर दलाल पुँजीवादलाई पछार्ने र समाजवाद स्थापना गरिछाड्ने दृढतासहित समाजवादलाई एजेन्डा बनाएर लडिरहेको पार्टी नेकपा मात्रै भएको भन्दै विप्लवले त्यसका लागि चुनाव लगायत संघर्षका सबै मोर्चा खोल्नु जरुरी रहेको बताए ।

संसदीय पुँजीवादी व्यवस्था अन्तर्गत हुने चुनावको प्रयोग गर्ने वा बहिस्कार गर्ने भन्ने कम्युनिस्टहरुको परम्परावादी मान्यता र चुनाव सम्बन्धि लेनिनको प्रयोग भन्दा नयाँ र फरक दृष्टिकोणसहित आफूहरु अगाडि बढिरहेको महासचिव विप्लवको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali