Skip to main content

Purbi Garjan

ढलेको क्रान्तिलाई हामीले बिउँझाएका छौं : विप्लव

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा आफूहरुले ढलेको क्रान्तिलाई पुनः ब्युझाएको बताएका छन् । कपिलवस्तुस्थित पार्टीको केन्द्रिय कार्यालयमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा महासचिव विप्लवले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिमा आएको प्रतिक्रान्तिपछि पुनः क्रान्ति ब्युझाएको दाबी गरेका हुन् ।

बिहीबारदेखि जारी केन्द्रीय समिति बैठकमा प्रस्तुत दस्तावेजमाथि केन्द्रीय सदस्यहरुले राखेका धारणाबारे स्पष्ट पार्ने क्रममा महासचिव विप्लवले पछिल्लो एक दशकयता नेपाल कम्युनिस्ट पार्टीले मार्क्सवाद, लेनिनवाद र माओवादका तीन संघटक अंगहरुमा थप विकास गरेकोले विचारको संश्लेषण जरुरी रहेको बताए ।

मन्तव्यको क्रममा महासचिव विप्लवले नेपालमा संसदीय व्यवस्था कि समाजवाद भन्ने विषयलाई नेपाल कम्युनिस्ट पार्टीले आम रूपमा स्थापित गरेको र अब नेपाली विशेषताको समाजवाद देशको आर्थिक राजनीतिक संकटको निकास भएको बताए ।

समाजवादबारे अहिले सबैतिर बहस छ, धेरै नेताकार्यकर्ता बुद्धिजीवी र पार्टीभित्र समाजवाद आवश्यक छ भन्ने चर्चा छ तर दलाल पुँजीवादलाई पछार्ने र समाजवाद स्थापना गरिछाड्ने दृढतासहित समाजवादलाई एजेन्डा बनाएर लडिरहेको पार्टी नेकपा मात्रै भएको भन्दै विप्लवले त्यसका लागि चुनाव लगायत संघर्षका सबै मोर्चा खोल्नु जरुरी रहेको बताए ।

संसदीय पुँजीवादी व्यवस्था अन्तर्गत हुने चुनावको प्रयोग गर्ने वा बहिस्कार गर्ने भन्ने कम्युनिस्टहरुको परम्परावादी मान्यता र चुनाव सम्बन्धि लेनिनको प्रयोग भन्दा नयाँ र फरक दृष्टिकोणसहित आफूहरु अगाडि बढिरहेको महासचिव विप्लवको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali